चलचित्र “तिल्दा”( किन..? ) कार्तिक ३० गते चलचित्र विकास बोर्डमा प्रदर्शन हुदै ;
November 9, 2019 | Gyanlama | 2:17 am

डि एन डि तामाङ

बौंद्द कार्तिक-२३ | तामाङ कथानक चलचित्र “तिल्दा” को प्रिमियर सो बिभिन्न ठाउंहरुमा भई सकेका छन् । कतिपय तामाङ समाजमा बोल्ने भाषा लाई नै चलचित्रको नाम मा परिनत गरिएको हुनले चलचित्रको नाम नै एउटा प्रश्नवाचक बनेको छ । चलचित्रको नाम अनुसार पाठ कथा के कस्ता छन भनि बुझ्नको लागि अझै दर्शकको मन भित्र कौंतुल्ता पनि त्यति नै बढ्दो छ ।

रौतहट,सर्लाहि,महोत्तरि र सिन्धुलीका दर्शकहरुले चलचित्रको स्वाद चाखि सकेका छन भने बिशेष चलचित्रको बिषय बस्तुलाई पनि नियालि सकेका छन निर्माण पक्षाले भने दर्शकको माया,साथ संगै सल्लाह, सुझाव लाई समेत बटुलि सकेका छन । सोहि चलचित्रको नायक एंव निर्देशक र मुख्य भूमिकामा समेत बाबु जिम्बा स्वयम् आफै लाई देख्न सकिन्छ । फाइट डाइरेक्टर वीर मास्टर,बिर बहादुर तामाङको निर्माता र बिजय तामाङ सह- निर्माता रहेका छन भने पर्दामा नायिकाको मुख्य भूमिकामा पुर्णिमा लामा संगै नायक बाबु जिम्बा संगै देख्न सकिने छ ।

सेवा फिल्मसको ब्यानरमा मेरिना जिम्बाको प्रस्तुती रहेको तामाङ कथानक
चलचित्रको ट्रेलर भने केहि समय अघि मात्र चलचित्र बिकास बोर्ड मा हरेक क्षेत्रमा आवाद्द व्यक्तित्व हरुको साथमा सर्वजनिक गरिएको थियो । सोहि चलचित्र लाई पुन चलचित्र बिकास बोर्ड मै प्रिमीयर सो कार्तिक ३० गते सोमवार दिउंसो ३ बजे हुने निर्माण पक्षाले जानकारी दिएका छन् । त्यसपछि नाराण गाट,पाेखरा,भक्तपुर र अन्य जिल्लाहरूमा पनि सो हुने बताएका छन् । सोहि स्थानहरुमा चलचित्र सो हुने हुनाले चलचित्रलाई हेर्नको लागि सबै दर्शकहरुलाई अनुरोध समेत निर्माण पक्षले गर्नु भएको छ ।

थप समाचारहरु

Latest News