डाँडापारिको जुरेमा नायक अमिर दोङ सहित ७ जनालाई सम्मान गरिने !!!
November 3, 2019 | Gyanlama | 1:03 pm


काभ्रे । समुदायका नायकको रुपमा चिरपरिचित अमिर दोङ काभ्रेको डाँडापारी जाने भएको छ । डाँडापारिको खानिखोला गाउँपालिका वडा नम्बर ३ जुरेमा हुन लागेको कार्यक्रममा जाने भएका हुन । जुरे एकादशी मेलाको अवसरमा हुन लागेको ‘जुरे ब्रुहत साँस्कृतिक कार्यक्रम तथा सम्मान कार्यक्रम २०७६ ” मा अमिर दोङ सहित गायक एंव सङ्गितकार राजकुमार दोङ तामाङ,गायिका अग्निशा लामा,गायिका युनिशा वाइबा,गायिका शर्मिला जिम्बा,मोडल प्रदिप वाइबा र कलाकार अबिना गोलेलाई सम्मान गर्ने भएको आयोजक टिमले बताए ।

जुरे एकता युवा समाजले आयोजना गरेको उक्त कार्यक्रमको संयोजक भने गायक आशिष सिंतानले गरेका छन । कार्यक्रम यही आउदो कार्तिक २२ गते खानिखोला गापा जुरे मा दिउँसो ३ बजेदेखी हुने टिमले बताए ।

थप समाचारहरु

Latest News