प्रचारप्रसारको कमिले अझै पुग्न सकेको छैन पर्यटक
October 31, 2019 | Gyanlama | 3:38 am

नुरु शेर्पा/ डि एन डि तामाङ

काठमाडौं, कार्त्तिक १४ । खोटाङ जिल्लाको पर्यटकीय क्षेत्र राखा बङ्देल बहाने गाउँ पछिल्लो स्थानमा रहेको देखिन्छ । राखा बङ्देल बहाने गाउँ खोटाङ जिल्लाको एक पर्यटकिय क्षेत्र हो जहाँ प्रचार प्रसारको कमिले कम पर्यटकहरु भित्रीने गर्दा छ। यस खोटाङ जिल्लामा अनगिन्ती पर्यटन क्षेत्रहरु रहेको पाइन्छ! पुर्बको पशुपति भनेर चिनिने हालेसी मन्दिर तथा धर्मिक स्थाल पनि यहीँ खोटाङ जिल्लामै रहेको पाइन्छ । तर हलेसि मन्दिरको तुलनामा अन्य ठाउँहरु प्रचारप्रसार नभएको हुँदा महत्वपूर्ण पर्यटन ठाउँहरु ओझेलमा परेको देखिन्छ ! खोटाङ जिल्लाका थुप्रै पर्यटन ठाउँहरु ओझेलमा परेको देखिन्छ जस् मध्ये एक ओझेलमा परेको ठाउँ हो (राखा बङ्देल) यस राखा बङ्देल एसेलुखर्क गाउँपालिक ५ अन्तर्गत पर्दा छ यो जिल्ला देखी उतर तर्फ पर्ने जिल्लाकै एक दुर्गम ठाउँ हो। यस गाउँमा विभिन्न मानव जातजातिहरुको बसोबास रहेको पाइन्छ यस ठाउँमा बसोबास गर्ने मानिसहरुको छुट्टाछुट्टै भाषा धर्म पहिचान र संस्कृतिहरु रहेको छ ।

यस ठाउँमा विशेष गरि राई शेर्पा तामाङ नेवार क्षेत्री मगरहरुको बसोबास रहेको छ । यस गाउँका मानवहरु प्रायः कृषि पेशमै आधारित छ्न भने माथिल्लो भेगमा बसोबास गर्ने शेर्पाहरुले चौरी गाई वस्तु पालन र तल्लो भेगमा बसोबास गर्ने अन्य मानिसहरु खेतबारी र खेतीपाती गर्ने गरिएको पाइन्छ । यस ठाउँ जिल्लाकै उच्च स्थानमा समेत रहेको पाइन्छ यस राखा बङ्देलमा रहेको बहने सिप्दु गाउँबाट विभिन्न ठाउँहरु अवलोकन गर्ने सकिन्छ । यहाँ थुप्रै अग्लो पहाडहरु रहेको पाइन्छ यहाँ रहेको पहाडह्रुबाट विभिन्न हिम शृङ्खलाहरु अवलोकन गर्ने सकिन्छ यहाँ रहेको करिब ४००० मिटर अग्लो पहाड टुप्पोमा पर्ने घेङ्खर्कबाट सर्वोच्च शिखर सगरमाथा समेत देखिने गर्दा छ भने नुम्बुर हिमाल चारापट्टे हिमाल मेरा पिक हिमाल जस्ता अन्य थुप्रै हिमालहरु यस् गेङ्खर्कबाट देख्न गर्दा छ । तर विडम्बनाको कुरा आज यस ठाउँ उचित प्रचारप्रसारको कमिले गर्दा राखा बङ्देल बहने गाउँ ओझेलमा परेको देखिन्छ ।नेपालको सन्दर्भमा हेर्दा मुलुकको अर्थतन्त्र माथी उठाउने एक आयस्रोत भनेकै पर्यटन हो तर यस ठाउँ प्रचारप्रसार कमिको कारण पर्यटनको विकास हुन सकेको छैन । यस ठाउँ जुन पर्यटक क्षेत्रमा बिकास र आर्थिक सम्भावना बढि रहेको देखिएता पनि , यस गाउँको जनता स्थानीय सरोकारवालाले यस क्षेत्रलाई पर्यटन तर्फ प्राथमिकता दिन नसकेको कारण यस ठाउँ ओझेलमा रहेको पाइन्छ । जसले गर्दा वर्तमान अवस्थमा यहाँको अर्थतन्त्र माथि उठ्न सकेको छैन जस्तो लाग्छ ।राखा बङ्देल पर्यटकीय क्षेत्रबाट आर्थिक सम्भावना राम्रो देखिएत पनि यहाँ उचित प्रसार प्रचारको कमि र यहाँका स्थानीय सरोकारवालाहरुले यस ठाउलाई राम्रो चिन्न नसकेको कारण उच्च बिकास हुन सकेको छैन । खोटाङ जिल्लाका कतिपय पर्यटन क्षेत्रमा लगानी गर्न सरकार इच्छुक नदेखिएका करण यहाँका धेरै युवा तथा व्यवसायीहरु वेरोजगार र गरीवी न्यूनिकरणमा रहेको पाइन्छ ।

ऐतिहासीक, पुरात्वतिक, तथा धार्मिक महत्व भोकेको राखा बङ्देल बाहने गाउँ पर्यटकीय सम्भावनाका क्षेत्र रहेको कारण यहाँ पर्यटन प्रचारप्रसारको आवश्यकता रहेको पाइन्छ । पर्यटकीय सम्भावना बोकेर क्षेत्र राखा बङ्देल बहने गाउँमा स्थानीय सरोकारवालाहरुले लगानी बढाउन नसकेका कारण यहाँको पर्यटन माथी उठ्न सकेको छैन र पर्यटकको सेवा सुविधा अप्रयाप्त भएकै कारण खोटाङ जिल्लाको राखा बङ्देल बहने गाउँ पर्यटकीय विकासबाट ओझेलमा परेको देखिन्छ । पर्यटक भित्र्याउदा गाउँलाई मात्र नभएर सिङ्गो जिल्ला र मुलुकलाइ नै फाइदा पुग्ने देखिन्छ । तर यहाँका कतिपय अनगिन्ती पदमार्गहरुको प्रचार प्रसार र प्रवर्दन गर्नका लागि सम्बद्ध संघ सँस्थाहरुले ध्यान दिनुपर्ने आजको आवश्यकता देखिन्छ । यस ठाँउको पर्यटन क्षेत्र तथा ग्रामिण पर्यटन प्रवद्र्धनमा जोड दिन सम्बन्धित सबै सरोकारवाला निकाय तथा स्थानीयसँग यस विषयमा सहकार्य गरेर अगाडि बढ्नु आजको आवश्यकता देखिन्छ ।यदि पर्यटनको विकास भएमा पर्यटन क्षेत्रबाट गाउँ र स्थानीयले राम्रो आर्थिक उन्नति गर्न सक्दछ । पर्यटनको विकासमा गुणात्मक फड्को ल्याउन सबै बाट सकारात्मक भुमिका खेल्नु आजको आवश्यकता र त्यसबारे खोटाङ जिल्लाका पिछडिएका गाउँ एसेलुखर्क गाउँपालिक राखाबङ्देल गाउको विकासमा धेरै मद्दत पुग्नुका साथै जनसाधारणलाई पनि प्रत्यक्ष रूपले धेरै लाभ पुग्ने र विश्वस्तरमा पनि ग्रामीण पर्यटन प्रति मानिसहरूको रुचि बढ्दै गएको देख्दा त्यसले महत्वपूर्ण स्थान लिदै जाने पाइन्छ ।

बास्तवमा ग्रामीण पर्यटनको भविष्य अत्यन्त उज्ज्वल देखिन्छ । प्रत्येक गाउँगाउँ पर्यटनका केन्द्र हुन सक्दछन् । नेपाल गाउँगाउँहरूले मिलेर बनेको देश हो । प्रत्येक गाउँका आआफ्ना बेग्लाबेग्लै प्रकारका प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक विशेषताहरू छन् । ती सबै पर्यटनका विषयहरू हुन सक्दछन् । तिनीहरूलाई व्यवस्थित वा विकसित गरेर पर्यटनको धेरै नै विकास गर्न सकिन्छ यहाँको सुन्दरताको मौन पर्यटन क्षेत्रबाट देशले राम्रो आर्थिक उन्नति गर्न सक्दछ । खोटाङ जिल्लाका प्रायः सबै स्थानीय सरोकारवालाहरुले लुकेर रहेका पर्यटकीय गन्तव्यहरुको खोजअनुसन्धान, प्रवद्र्धनमा विशेष योजना बनाएर अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको पाइन्छ । आर्थिक सम्बृद्धिको आधार पर्यटन क्षेत्रको सुधार भएकोले त्यस क्षेत्रमा सम्बीन्धत सबैको ध्यान पुगोस् ।

नुरु शेर्पा
नुरु शेर्पा;

थप समाचारहरु

Latest News