ताम्सालीङ डट टिभि अव नयाँ स्वरुप यस्तो !!!
October 28, 2019 | Gyanlama | 3:52 pm


ज्ञान लामा धुलिखेल
तामाङ अन्लाईन मिडिया ताम्सालीङ टिभि अव छिट्टै नयाँ सोच नयाँ विचार र नयाँ कार्यक्रमको साथमा अघि वड्ने भएको छ । विहीवार भक्तपुरको ग्रीन सिटिमा आफ्नो सदस्यहरु तथा प्रमुख अतिथी पहिलो नेपाली ग्ल्यालर फोटो ग्राफर तथा पहिलो फ्रेम व्यवसायी च्याङ्बा लामा र ताम्सालीङ टिभिका संस्थापक अध्यक्ष हर्क बहादुर थिङ (प्रदिप) को अध्यक्षतामा भएको उत्त कार्यक्रममा यस कुराको पुष्टि भएको हो ।

तामाङ समुदायको हकअधिकार सस्कार सस्कृती देखी लिएर तामाङ समुदायको ईतिहास संगै सम्पुर्ण क्षेत्रलाई एक रुपताका साथ अघि बडाईरहेको यस मिडियाले आगामी दिनहरुमा अझ उत्कृष्ट कार्यक्रमहरुको निमार्ण गरिने निर्णय गरिएको छ । करिब २ वर्ष अघि वाट संचालनमा आएको यस मिडियाले तामाङ समुदायकै लागी कार्य गरीरहेकै छ । विशेष गरी तामाङ समुदाय केन्द्रित रहेको यस मिडियाले अवका दिनमा सारा नेपालीलाई जोड्ने जनाईइएको छ ।

उत्त कार्यक्रममा यसै मिडियाका वर्तमान र गएका दिनमा यस मिडियामा समावेश भएका सम्पुर्ण सदस्यहरुलाई सम्मान पत्र द्धारा सम्मान तथा आफ्नो मनमा लागेका विचारहरुलाई पनि प्रस्तुत गर्ने अवसर दिईएको थियो साथै आगामी दिनमा कसरी अगाडी वड्ने भन्ने विषयमा पनि विशेष छलफल गरिएको थियो । कार्यक्रममा आफ्नो विचार राख्नुहुँदै संस्थाका सदस्य ज्ञान लामाले यस मिडियाको सुरुवाती समयमा भएको संर्घष र भावी दिनको खाकाको वारेमा पनि जानकारी दिनुभएको थियो ।

त्येस्तै कार्यक्रममा आफ्नो विचार राख्नुहुँदै शुसि थिङ, सरिता लामा, सुनिल राज लो लगायत ले संस्थारहे सम्म आफुहरुको साथ र सहयोग नछुट्ने जानकारी दिनुभयो अविभावक वालकुमारले ताम्सालीङ टिभीको वारेमा आफ्नो गहकिलो भनाई राख्नुभएको थियो । संस्थापक अध्यक्ष प्रदिप थिङले अवका दिनमा जस्तो सुकै समस्या र जोखीम मोल्न पनि आफु तयार रहेको जानकारी दिनुभएको छ । साथै तामाङ समुदायको लागी आफ्नो क्षेत्रवाट जस्तोसुकै कदम उठाउनको आफु तयार रहेको जानकारी दिनुभयो ।

साथै फोटो पत्रकार च्याङबा लामाले तामाङ समुदायमा यस मिडिया मार्फत गरीएका कार्यहरु उत्कृष्ठ र ऐतिहासिक रहने विचार व्यत्त गर्नुभयो । कार्यक्रम संयोजक रजनी घिसिङले पनि वर्तमान समयमा संस्थाको कार्यहरु र भविष्यका योजनाहरुको वारेमा आफ्नो भनाई राख्नु भएको थियो ।

थप समाचारहरु

Latest News