नेपाली कथानक चलचित्र ‘सुर्य किरण’को ट्रेलर र गीत सर्वजनिक ( भिडियो सहित );
October 25, 2019 | Gyanlama | 5:08 pm

डि एन डि तामाङ

बौंद्द, । नेपाली कथानक चलचित्र ‘सुर्य किरण’को ट्रेलर र गीत आज सर्वजनिक गरिएको छ । पत्रकार सम्मेलन गरी उक्त चलचित्रको ट्रेलर र गीत लाई सर्वजनिक गरिएको हो ।

तामाङ कथानक चलचित्र,गीत संगित थुप्रैमा निर्देशन गरि सकेका सुपार स्टार नायक अमीर दोङ्ले पहिलो पटक नेपाली चलचित्रमा निर्देशन गरेका छन्। उक् तकार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै जनजाती चलचित्र संघको अध्यक्ष अमृत सुनुवारले चलचित्र प्रदर्शनको सफलताको शुभकामना ब्यक्त गर्नु भयो ।

कार्यक्रममा निर्देशक अमिर दोङले आगामी मङ्सिर २० गते चलचित्रलाई प्रदर्शन हुने समेत जानकारी दिनु भयो । चलचित्रको मुख्य भूमिकामा नायिका मेलिना चेपाङ र नायक सविन श्रेष्ठ रहेका छन । उक्त चलचित्रमा समाबेश गरेको ‘मैच्याङलाई ‘बोलको गीतमा शब्द संगित चर्चित सेलो गायक बिशाल काल्तन स्वर सेलो चर्चित गायिका जितु लोप्चन र बिशाल काल्तनकै छन् भने निर्देशन अमिर दोङले गरिएको छ । सोहि गीतमा अमिर र केकी अधिकारिको मुख्य अभिनय रहेको छ ।

कार्यक्रममा पत्रकार,कलाकार,समाजसेवी लगायत विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपस्थिति थियो ।
भिडियो ;

थप समाचारहरु

Latest News