विशाल र जीतुको “ङाला मायाला रंगमा” मिलन र याङ्कीको यस्तो रोमान्स !!! (भिडियो सहित)
October 18, 2019 | Gyanlama | 4:00 am


ज्ञान लामा, धुलिखेल काभ्रे
तामाङ साङ्गीतीक आकाश यतिखेर प्रेममय भईरहेकै वेला एक पछि अर्काे सफलता हात पार्दै तामाङ साङ्गीतीक आकाशका वादशाहाहरु मध्यका एक चचिृत गायक, संगीतकार तथा तामाङ कलाकार संघका महासचिव विशाल काल्तान र चर्चित गायीका जीतु लोप्चनको संयुक्त प्रयास ङाला मायाला रंग वालको गीतको म्युजीक भिडियो हिजो काठमाण्डौ वौद्धमा एक कार्यक्रमका विच सार्वजनिक गरीएको छ । गायक विशाल काल्तानको पछिल्लो समय प्रेम गीतमा वडि लगाव रहेको हामीले देख्न सक्छौँ । पछिल्लो समय आफै रचना गर्ने आफै संगीत भर्ने र आफै गाउनेमा उहाँको नाम अगू पङ्तीमा हामीले देख्न सक्छौँ । उहाँको एदा थुर्ला, जव माया वुजी पछिल्लो समय उहाँकै शब्द संगीत र स्वरमा सुपरहिट गीतहरु हुन । धेरै पछि उहाँले आफ्नो शब्द लेख्ने क्रमलाई पनि निरन्तरता दिन थाल्नुभएको छ, उहाँको यो क्रमले शिखर चुमोस उहाँलाई सफलताको शुभकामना ।

सार्वजनीक भिडियोमा साचो र चोखो मायाको यथार्थ रुपलाई देखाईएको छ । आफ्नो लागी सवथोक आफ्नो प्रेम हुने गीतमा प्रष्ट देखिन्छ । यो मतलवी र स्वार्थी दुनियामा साचो मायाको जित गर्ने प्रतिज्ञा गरीरहेका हुन्छन् कलाकार द्धय मिलन थिङ पाराङ र याङ्की दोङ तामाङ ।


सावैजनीक गीतमा चचित गायक तथा संगीतकार विशाल काल्तानकै शब्द संगीत तथा स्वएम गायक विशाल काल्तान र जीतु लोप्चनको आवाज रहेको छ भने चन्द सिं को एरेन्ज तथा दिपेश प्रधानको मिक्सीङ रहेको छ । तामाङ चलचित्र जगतका सुपरस्टार नायक तथा निर्देशक अमिर दोङको निर्देशन तथा कोरीयोग्राफी रहेको उक्त म्युजीक भिडियोमा टिकटकमा अतिनै रुचाईएको कलाकार तथा मोडल मिलन थिङ पाराङ र याङ्की दोङको अभिनय रहेको छ । सुर्य लामाको सम्पादन कलरिङ र छायांकन रहेको यस म्युजीक भिडियोमा सुरेश घिसिङको ड्रोन सुट तथा तामाङ सुपरस्टार डम्फु मिडियाको पोष्ट प्रोडक्सन रहेको छ ।

थप समाचारहरु

Latest News