“किन म” कार्तिक २ गते पोखरामा विशेष च्यारीटि शो हुँदै !!!
September 29, 2019 | Gyanlama | 4:13 pm


ज्ञान लामा धुलिखेल,
नेपाली कथानक चलचित्र किन म सडक बालबालीकाहरुको शिक्षा सहयोगार्थ यहि कार्तिक २ गते पोखरामा विशेष च्यारीटि शो हुने भएको छ । सडक वालवालीकाहरुकै कथामा निमार्ण भएको यस चलचित्र उनिहरुकै शिक्षाको सहयोगार्थ शो गर्न लागीएको निमार्ण पक्षले जनाएको छ ।संग्राम तामाङको निर्देशन रहेको चलचित्रमा बिमल राईको कथा तथा चलचित्रलाई महेश थापा विमल राई र आशीष लामाले संयुक्त लगानी गर्नुभएको छ । चलचित्रमा जयन्ती मोक्तान, महेश थापा बालकलाकारहरु दिक्षन्त लिम्वु, मनिश मानन्धर र प्रशान्त लिम्वुको मुख्य भुमिकारहेको छ ।

यो चलचित्र क्यानडामा भएको टोरेन्टो फिल्म फेस्टिबलमा समेत सेलेक्ट भएको थियो । चलचित्रले मानव जीवनमा शिक्षाको आवश्यकता कतिको हुन्छ र हाम्रो नेपाली समाजमा शिक्षाले खेल्ने भुमिका वारे प्रष्ट पारेको निमार्ण पक्षले जानकारी दिएको छ । चलचित्र हेरीसके पश्चात शिक्षाको परिभाषा नै फरक हुने निमार्ण पक्षको दावी रहेको छ ।

नायीका जयन्ती मोक्तानको भने यो चलचित्र डेव्यु चलचित्र रहेको छ । नायीका मोत्तान मिस तामाङ पोखराका संयोजक तथा बैदाम तामाङ सेवा समाजका कोश अध्यक्ष साथै नेपाल तामाङ साँस्कृतिक घेदुुुङ कास्कीका उपाध्यक्ष पनि हुनु हुुुन्छ

थप समाचारहरु

Latest News