गायीका जमुना योन्जनको “घुम्दै फिर्दै” म्युजिक भिडियो सार्वजनिक, विश्व दोङ र मिना लामाको यस्तो माया (भिडियो सहित )
September 27, 2019 | Gyanlama | 1:25 pm


ज्ञान लामा धुलिखेल,
तामाङ सागीतीक आकाशका अविभावक तथा वरिष्ठ गायीका जमुना योन्जनको विल्कुलै नयाँ पुर्वेली तामाङ सेलो दोहोरी गीत घुम्दै फिर्दै वोलको गीतको म्युजीक भिडियो आज सार्वजनीक भएको छ । उक्त गीतमा पुर्वका कुराहरु समेटिएकाले गतिलाई पुर्व तिरनै छायांकन पनि गरीएको छ । भिडियोमा ताप्लेजुङको फुङ्लिङ वजार पाथीभरा मन्दिर लगायत ताप्लेजुङका रमणीय दृश्यहरु समावेश गरीएको छ ।
सार्वजनिक भिडियोमा तामाङ साङ्गीतीक आकाशका बादशाह मध्यका उक विश्व दोङ, जमुना योन्जन मीना लामा र कृष्ण ब्लोनको मुख्य अभिनय रहेको छ ।

भिडियोमा गीतले मागेको जति सम्पुर्ण कुराहरुलाई समामेश गरीएको छ । पछिल्लो समय विश्व दोङ आफै गाउने संगीत भर्ने र लेख्ने देखि अभिनय पनि आफै गर्दै आउनु भएको छ । विश्व दोङको यो कार्यलाई पनि तामाङ श्रोता दर्शकले उतिकै रुचाउनु भएको छ ।

सार्वजनकि भिडियोमा वरिष्ठ गायक तथा संगीतकार विश्व दोङको शब्द संगीत तथा वरिष्ठ गायीका जमुना योन्जन र विश्व दोङको संयुक्त आवाज रहेको छ । फनिन्द्र राईको एरेन्ज रहेको यस गीतलाई दिपेश प्रधानले मिक्सीङ, तथा सरन छिनामले पर्पल स्टुडियोमा रेकर्ड गर्नुभएको छ । विश्व दोङ आफ्नै निर्देशनमा रहेको भिडियोमा जमुना योन्जन, मिना लामा विश्व दोङ र कृष्ण ब्लोनको अभिनय रहेको छ । सुर्य लामाको सम्पादन कलरिङ र सिनेमाटोग्राफी रहेको यस भिडियोलाई सुरेश घिसिङले छायंकन गर्नुभएको छ । यस भिडियोको नृतय निर्देशन अभि लामाले गर्नुभएको छ भने बव्लु गुरुङले यो भिडियोलाई निमार्ण गर्नुभएको छ ।

थप समाचारहरु

Latest News