तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकर एक्कासी अस्पताल भर्ना, अवस्था सामान्य !!!
September 24, 2019 | Gyanlama | 3:29 am


ज्ञान लामा धुलिखेल,
तामाङ चलचित्र संघका अध्यक्ष तथा जनजाती चलचित्र महासंघका उपाक्ष्य बिकु थोकर एक्कसी विरामी हुँदा उहाँलाई गएराती नागरीक अस्पतालमा भर्ना गरीएको छ । सोमवार मध्यरातमा केही दिन देखि छातिको समस्य रहेको र राती एक्कासि समस्याले च्यापे पछि हस्पिटल भर्ना भएको हुनुभएको हो । डाक्टरको भनाइ अनुसार अहिले उहाको स्वास्थ्यमा सुधार भएको उहाँको उपचारमा संलग्न डाक्टरले जानकारी दिनुभयो । उहाँ विरामी भउको खवरले तामाङ समुदायमा खैलावैला मच्चीएको छ र सम्पुर्ण उहाँके शुभचिन्तकहरुले उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन ।

थोकर स्वास्थमा समस्य भए पनि आफ्नो स्वास्थ्यलाई ख्याल नगरी आफ्नो समाज र समुदायको लागि लडिरहनु भएको थियो । उहाँ सम्पुर्णको अविभावक भन्नु भएको छ । थोकर तामाङ चलचित्र संघका अध्यक्ष तथा आदीवासरु जनजाती चलचित्रका उपाध्यक्ष, ह्याङला को मेन्दो मिडिया हाउसको संचालक समितीको सदस्य, तामाङ चलचित्रको खल नायक, समाजसेवीका साथै नेपाली काङ्ग्रेस काभ्रे प्रदेश सभा १ क को क्षेत्रीय कार्यसमितिको सह सचिब समेत हुनुहुन्छ ।

थप समाचारहरु

Latest News