निर्देशक दिपक लामाद्धारा निमार्ण हुन लागेको चलचित्र “नसोचेको माया”को शुभ मुर्हत सम्पन्न !!!
September 23, 2019 | Gyanlama | 4:10 am


ज्ञान लामा धुलिखेल,
नेपाली कथानक चलचित्र नसोचिएको मायाको हिजो राजधानीको बौद्धमा शुभ मुर्हत गरिएको छ । तामाङ चलचित्र संघका अध्यक्ष तथा आदिबासी जनजाती चलचित्र महासंघको उपाध्यक्ष बिकु थोकरको प्रमुख आतिथ्यतामा नेपाली कथानक चलचित्र नसोचेको मायाको शुभ मुर्हत गरेको हो । तामाङ चलचित्र जगतमा आफरनो राम्रे वनाई सक्नु भएका, दर्जनौँ तामाङ चलचित्र निर्देशन गरिसक्नु भएका तामाङ चलचित्रका निर्देशक दिपक लामाले यस चलचित्रको निर्देशन तथा छायांकन गर्नुहुने छ भने सह निर्देशन रश्मि रिजालले गर्ने भएका छन ।

यमर सिह ब्लोनको प्रस्तुति र दिलिस लामा निर्माता रहनुहुने भएको छ । शंकर महर्जनको द्वन्द्व रहने यो चलचित्रमा बुद्ध लामा, बाबु सेन्चुरी र दिपक तामाङको नृत्य निर्देशन रहने भएको छ । जय किसन बस्नेत अर्जुन गुरुङ सोना तितुङ सरिता तामाङ माया देबि मोक्तान आदि कलाकारहरुको यस चलचित्रमा मुख्य अभिनय रहने भएको छ । निमार्ण पक्षको भनाई अनुसार छिट्टै चलचित्र सुटिङको लागी निस्कने पनि जानकारी दिनुभयो ।

थप समाचारहरु

Latest News