तामाङ साङ्गितिक ईतिहासमै प्रयास दोङको पहिलो तामाङ व्याण्ड (प्रयास एण्ड सोल्टाज) भिडियो सहित !!!
September 22, 2019 | Gyanlama | 2:35 pm


ज्ञान लामा धुलिखेल,
तामाङ सांगीतीक आकाशमा आफ्नै छुट्टै पहिचान वनाउन सफल गायक तथा संगीतकार प्रयास दोङ अव तामाङ गीतसंगीतमै फरक स्वादका साथ प्रस्तुत् हुने भएका छन् । दर्जनौँ तामाङ सेलो र तामाङ चलचित्रमा आफ्नो आवाज, शब्द तथा संगीत भरीसक्नु भएका दोङ पछिल्लो समय आफ्नो समुदायलाई आफ्नो सागीतीक क्षेत्रवाट केहि गर्ने अठोटका साथ अघि वडिरहनु भएको छ । तामाङ समुदायकै लागी यो उहाँको कार्यको लागी सम्पुर्ण तामाङ समुदायको माया साथ र सहयोगको उहाँलाई खाँचो छ । तामाङ गित संगीतकै इतिहासमा प्रयास दोङको यो कार्य फरक र उहाहरणीय रहने भएको छ । हालै सम्पन्न तामाङ कलाकार संघको छैटौँ अधिवेशनमा उहाँले यो कार्यको प्रारम्भ गर्नुभएको छ । यो कार्यको प्रारम्भ तामाङ सेलो सम्राट चन्दकुमार दोङ र तामाङ कलाकार संघका अध्यक्ष संजीव वाइवाले संयुक्त रुपमा गर्नुभएको थियो । तामाङ गीतसंगीलाई अझ उचाईमा पुर्याउनको लागी उहाँले तामाङ साँगीतीक ईतिहासमै पहिलो व्याण्डको निमार्ण गर्नु भएको छ । व्याण्डको नाम प्रयास एण्ड सोल्टाज व्याण्ड नामकरण गरीएको छ ।

उहाँका अनुसार व्याण्डमा तामाङ सेलो, फ्युजन सेलो तामाङ समुदायमा चलिरहेका गीतसंगीत भन्दा अलि फरक ढंगले प्रस्तुत् गरीने दोङले वताउनुभयो । हाल व्याण्डको भोकलिष्टमा प्रयास दोङ लिड गितारमा मनिश वोम्झन, ह्रिदम गितारमा समिर लामा योन्जन, वाँसुरीमा सबिन घिसीङ र ड्रममा प्रनिश वम्झन रहेका छन् । भावी दिनहरु यस व्याण्ड मार्फत तामाङ समुदायले फरक स्वादका गीतहरु सुन्न र हेर्न पाउने छन् ।

थप समाचारहरु

Latest News