अमिरको अंगालोमा यती धेरै खुशी शुष्मा (भिडियो सहित)
September 20, 2019 | Gyanlama | 2:28 pm


ज्ञान लामा, धुलिखेल
तामाङ साङ्गितक आकाशमा अर्को आशा लाग्दो तामाङ सेलो गितको प्रवेश भएको छ । डम्फु मिडियाको ब्यानरमा निर्माण भएको तामाङ सेलो गित मनले खाने च्याङ्बा बोलको गितको आज काठमाडौको बौद्दमा एक कार्यक्रमक बिच सार्बजनिक गरिएको छ । तामाङ समाज युएईको बरिस्ठ उपाध्यक्ष सुरेन्द्र थिङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा तामाङ समुदायका चर्चित गायक गायिका बरिस्ठ ब्यत्तित्व कलाकार तथा पत्रकारहरुको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रममा मनले खाने च्याङ्बा बोलको गितको म्युजिक भिडियो सङ्गै तामाङ समुदायमै एउटा प्रसंसनिय कार्य पनि गरिएको छ । कार्यक्रममा हालै सम्पन्न अधिबेशन बाट नब निर्वाचित नेपाल तामाङ कलाकार संघका कार्य समितिलाई बधाई तथा शुभकामना समेत व्यक्त गरिएको थियो जुन कार्यलाई तामाङ कलाकार संघले मनै देखि खुलेर प्रसंशा गरेका छन ।

सार्बजनिक भिडियोमा शुस्मा मोक्तान र अमिर दोङको जोडिलाई प्रमुख भुमिकामा प्रस्तुत गरिएको छ । जस्मा शुस्मा अमिरको मायामा पागल हुन्छ र अमिरले पनि शुस्माको मायालाई बुज्छ र अन्तमा मागेरै दुबै बिबाह बन्धनमा बादिन्छ ।

सार्बजनिक भिडियोमा नब गायिका मितेरी वाइबाको आवाज तथा तामाङ कलाकार संघका अध्यक्ष सन्जिव वाइबाको शब्द तथा सङ्गीत रहेक्प छ । फनिन्द्र राईको एरेन्ज रहेको गितलाई दिपेश प्रधानले मिक्सिङ गर्नु भएको छ । अमिर दोङको निर्देशन रहेको यस म्युजिक भिडियोलाई बिक्रम लामा मोक्तानले छायांकन तथा सम्पादन गर्नु भएको छ । यस म्युजिक भिडियोमा अमिर दोङ, शुष्मा मोक्तान, अनिता नेगि, अन्जुली लोपच्न, पदम दोङ, कुइसाङ रुम्बा र दोर्जे मोक्तानको प्रमुख भुमिका रहेको छ । डम्फु मिडियाको पोस्ट प्रोडकसन रहेको यस म्युजिक भिडियोलाई यसै मिडियाको अफिसियल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

थप समाचारहरु

Latest News