आफ्नै दिदिका कारण जमुना मोक्तानलाई प्रेममा धोका (भिडियो सहित)
September 19, 2019 | Gyanlama | 1:24 pm

धुलिखेल, ज्ञान लामा

कालिदेबी मिडिया हाउसको ब्यानरमा निर्माण भएको एउटै बाटो बोलको गितको म्युजिक भिडियो हालै सार्बजनिक भएको छ । सार्बजनिक गितमा मोडल जमुना मोक्तान इर्मान र बिनायक लोप्चन्लाई प्रमुख भुमिकामा देखाईएको छ । साचो माया गर्दा गर्दै पनि जमुनाको मायालाई खिल्ली उडाइएको छ । जमुना मोक्तान आफै दुई रोलमा प्रस्तुत भएको हुन्छ भने इर्मान र बिनायकले आफ्नो प्रेमी नचिनेको हुन्छ । एकै अनुहारको आफ्नो प्रेमिका फरक फरक सङ्ग देखिँदा दुबैलाई रिस उठ्ने र हातहालाहाल को स्थिती समेत सृजना हुन्छ । अन्तमा जमुना मोक्तानको आफ्नै दाजुले यो कुरा प्रस्ट पारेपछी दुबै छक्क पर्छन आफ्नो गल्तिकोम माफी माग्दै एक आपसमा पुन मायाको साइनो गासिन्छ ।

सार्बजनिक गितमा राजेश डिआर्जे को शब्द सङ्गीत तथा मेलिना राईको सुमधुर आवाज रहेको छ । राजेश कुमार श्रेष्ठको एरेन्ज रहेको गितमा बिनायक तामाङ, जमुना मोक्तान र इरमान तामाङलाई प्रमुख भुमिकामा देखाईएको छ । दिनेश मुस्कानको निर्देशन, सम्पादन तथा सिनेमाटोग्राफी रहेको यस म्युजिक भिडियोलाई कालिदेबी मिडिया हाउसको अफिसियल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

थप समाचारहरु

Latest News