गायक धर्म लामाको तामाङ साङ्गितीक क्षेत्रमा पुन कमव्याक !!!
September 19, 2019 | Gyanlama | 12:57 pm


धुलिखेल, ज्ञान लामा
तामाङ साङ्गितक आकाशमा कुनै जमानामा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक धर्म लामा साङ्गितीक आकाशमा फेरि चम्किलो तारा बन्दै उदाउने भएको छ । दर्जनौं तामाङ गितहरुमा आफ्नो आएआज भरेका गायक धर्मा केही समय यता रोजगारीको शिलशिलामा परदेशमा हुनुहुन्छ । आफ्नै तामाङ पहिचानका गित सङ्गित बडि गाउन रुचाउनु हुने गायक धर्मा लामाको पहिलो पटक तामाङ प्रेम गितमा आवाज सुन्न पाउने भएको छ ।

पछिल्लो समय निकै नै प्रतीक्षा गरिएको तामाङ कथानक चलचित्र दोर्जे डन ब्याक एगेनको शिर्ष गितमा उहाको आवाज सुन्न पाइने भएको छ । तामाङ कथानक चलचित्र दोर्जे डन ब्याक एगेन बारे कुनै पनि प्रचार नभैरहेको यो समयमा यो गित सङ्गै धर्म लामाको चर्चा चुलिदै गएको छ । जुन गितलाई दोर्जे डन ब्याक एगेन टिमले मुस्ताङमा सुटिङ गर्ने तयारी सङ्गै त्येस तर्फ टोलि प्रस्थान भएको छ ।

उत्त गितमा नायक कुमार मोक्तान र सुजिना गोलेको अभिनय तथा जोगलाल लामाको सङ्गीत तथा धर्म लामा र शसिकला मोक्तानको आवाज रहेको छ । बिक्रम मोक्तानको छायांकन रहने यस चलचित्रलाई भगवती मोक्तानले निर्माण गर्नुहुने छ ।

थप समाचारहरु

Latest News