कुमार मोक्तान, प्रदिप मोक्तान र सुजिना गोले ड्रीम प्रोजेक्ट सहित मुस्ताङ प्रस्थान !!!
September 18, 2019 | Gyanlama | 4:40 pm


ज्ञान लामा, धुलिखेल
केही समय अगाडि मात्र सार्वजनिक भएको र धेरै दर्शकको माया पाउन सफल तामाङ प्रेम गित `एदा थुर्ला´मा एक साथ देखिएका यी तीन कलाकार, तामाङ चलचित्र जगतका सुपरस्टार नायक कुमार मोक्तान, मोडल प्रदिप मोक्तान र मोडल सुजिना गोले आफ्नो ड्रीम प्रोजेक्ट सहित मुस्ताङ प्रस्थान गरेका छन् । पछिल्लो समय तामाङ गितसङ्गित र म्युजिक भिडियोको उत्कृष्टता बड्दै गैरहेको यो माहोलमा यी तीन कलाकार दर्शकलाई अझ उत्कृष्ट उपहार दिने सोचले मुस्ताङ प्रस्थान गरेका हुन । नेपाली चलचित्र र म्युजिक भिडियोमा प्राय देखिने सीनमा अब तामाङ म्युजिक भिडियो र चलचित्रका गित र चलचित्रकै सीनहरु देखिन पाउने भएको छ ।

आफुहरुको ड्रीम प्रोजेक्ट बारे थोरै जानकारी दिनुहुँदै मोडल प्रदिप मोक्तानले भन्नू भयो ञहामी लगभग एक हप्ता, बडिमा दुई हप्ता उतै रहन सक्छौं, हाम्रो ड्रीम प्रोजेक्टमा दुई तामाङ प्रेम गित रहनेछन । एउटा मेरो सोलो तामाङ प्रेम गित र अर्को हाम्रो तामाङ कथानक चलचित्र दोर्जे डन ब्याक एगेनमा समाबेश भएको गित छ यस्को लागि हामी त्येस तर्फ प्रस्थान गर्न लागेका हौं झ उहाँको अनुसार उहाँको आफ्नै प्रेम गितमा विशाल काल्तान र जितु लोप्चनको आवाज तथा विशाल काल्तानकै सङ्गीत रहेको छ र सङ्गै तामाङ कथानक चलचित्र दोर्जे डन ब्याक एगेनमा समाबेश गितमा धर्मा लामा र शशिकला मोक्तानको अवाज रहेको छ भने जोगलाल लामाको सङ्गीत रहेको छ ।

चलचित्रको गितमा तामाङ सुपरस्टार नायक कुमार मोक्तान र सुजिना गोलेको अभिनय रहने र अर्को तामाङ प्रेम गितमा प्रदिप मोक्तान र सुजिना गोलेको अभिनय रहने भएको छ । यस दुई युजिक भिडियोलाई भने तामाङ चलचित्र र म्युजिक भिडियो छायांकन र सम्पादनमा अब्बल ठानिएका बिक्रम मोक्तानले गर्नुहुने भएको छ । यी दुवै ड्रीम प्रोजेक्टको निर्माता भने भगवती मोक्तानले गर्नुहुने छ ।

थप समाचारहरु

Latest News