पोखरामा यतीधेरै दर्शकको मायाँ तामाङ कथानक चलचित्र “टुहुरोला ल्हुई”लाई !!!
September 14, 2019 | Gyanlama | 11:30 pm


धुलिखेल,
तामाङ चलचित्र टुहुरोला ल्हुई काठमाडौं उपत्यकाको प्रदर्शनपछि उपत्यका बाहिर सुन्दरनगरी पोखराको बिन्दाबसिनी हलमा आज भब्य रूपले प्रदर्शन सम्पन्न भएकोछ। उक्त चलचित्र नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिले आयोजना गरिएको निर्देशक बिनय दोङले जानकारी दिएको हो ।

छ्युमि लमिनी र म्हारसाङ घिसिङको निर्मातामा र रितुराज पख्रिनको कथा/पटकथामा रहेको उक्त चलचित्र ७२ सालको महामारी भुकम्पले आमा बुबा गुमाएको एक आबोध बालकको कथामा समर्पित रहेको निर्देशक दोङले बताए ।

रोशी फिल्मको ब्यानरमा बिनय दोङ तामाङद्वारा सातौं निर्देशित उक्त चलचित्रमा नायिका रोस्नी ब्लोन , नायक बुद्ध थिङ , सजिता दोङ ,तिर्थ वाइबा , छ्योइसाङ बम्जन , राजु वाइबा झकास , रोशन स्याङतान , शङ्ख लाल थिङ जुङे र बाबल लामा लगायतका कलाकारहरुले अभिनय गरेको छ भने चलचित्रको संगीत जोगलाल लामा ,नृत्य बुद्ध लामा , गीत दुप्साङ लामा ,हस्त लामा, जेनिश दोङ, गायक / गायिका आसुसेन लामा शशिकला मोक्तान, जगत घिसिङ, जोगलाल लामा र द्वन्द्व सोनाम लामाको रहेको छ ।

थप समाचारहरु

Latest News