ऋतुराज पाख्रीनद्धारा आफ्नो जन्म दिनमा दुई आश्रमलाई सहयोग ।
September 13, 2019 | Gyanlama | 4:29 pm


धुलिखेल ज्ञान लामा २०७६-०५-२७,
तामाङ चलचित्र जगतका नायक तथा कथा लेखक ऋतुराज पाख्रीनले आफ्नो जन्म दिनमा आज दुई आश्रममा खाद्यान्न सहयोग प्रदान गर्नुभएको छ । । आफ्नो जन्म दिनलाई अलि पृथक तवरले मनाउने सोच वनाएका पाख्रीनले हाम्रो सुनौलो संसार र बुद्धिष्ट बाल गृह दुई संस्थालाई आफ्नो किताब बलात्कृत साहित्य बाट उठेको रकमले चामल, तेल, जस्ता खाद्यान्न सामाग्रीका साथै साबन, कपि, कलम र भिबिन्न पाठ्यक्रमका सामाग्रीहरु अनाथ तथा असहायहरुलाई बितरण गर्नुभई आफ्नो जन्मोत्सव मनाउनुभएको छ ।

कथाकार तथा नायाक ऋतुराज पाख्रीन सँग बालबालिकाहरु दिन भरी बसेर गित र कविता गाउदै नृत्य पनि देखायर ऋतुराज पाख्रीन संग झुम्मीएका थिए। दुई आश्रमका छुट्टाछुट्टै बालबालिकाहरु सँग संगैै दिन कटाउन पाउँदा र सकेको सहयोग गर्न पाउदा आफु अति नै प्रफुल्लीत भएको कुरा ऋतुराज पाख्रीनको फेसबुक वालमा हामी देख्न सक्छौँ । उहाँले सम्पूर्ण फेसबुकको भित्ता भित्तामा, फोनमा, इन बक्स मा शुभकामना दिनुहुनेहरुलाई पनि मुरि मुरि धन्यवाद पनि दिनु भएको छ।

पाख्रीन द्धारा अभिनीत तामाङ कथानक चलचित्र रुङ्सी टिलाको सम्पुर्ण काम सकेर प्रर्दशनको तयारीमा रहेको छ भने पाख्रीनको “शेर्कु” “सेम तावा म्ही” गत वर्षहरुको उत्कृष्ट चलचित्रहरु हुन । केहि समय अघि मात्र पनि पाख्रीनले आफ्नो कृती वौद्ध परिसरमा वाचन गर्नुभई संकलन भएको रकम मृगौला पिडीत उर्मीला तामाङलाई प्रदान गर्नुभएको थियो । समय समयमा पाख्रीन सामाजीक कार्यमा पनि सकृय देखिनुहुन्छ । जन्म दिनको दिन उहाँले गर्नु भएको यो कार्य निकै नै सम्माननीय रहेको छ, उहाँलाई जन्म दिनको लाखौँ लाख शुभकामना संगै उहाँले चाहेका र चालेका सम्पुर्ण मनोकांक्ष पुरा हुन ।

थप समाचारहरु

Latest News