यस्तो बन्यो तामाङ कथानक चलचित्र “म्युङ पुजु”को शिर्ष गीत ? (भिडियो सहित)
September 13, 2019 | Gyanlama | 12:47 pm


धुलिखेल,२०७६-०५-२७
प्रर्दशनको तयारीमा रहेकबो तामाङ कथानक चलचित्र म्युङ पुजुको शिर्ष गीत जब माया बुजी बोलको गीत आज एक कार्यक्रमका विच सार्वजनीक गरीएको छ । तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरको प्रमुख आतिथ्यतामा काठमाण्डौको बौद्व जोरपाटीमा आज पत्रकार सम्मेलन गरि उक्त गीतलाई सार्वजनिक गरेका हो । कार्यक्रम निमात्री कान्छिमाया गोलेको सभापतित्व तथा तामाङ चलचित्र संघ नेपालका अध्यक्ष बिकु थोकरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । विशेष अतिथिको रुपमा तामाङ चलचित्र जगतका चर्चित नायक तथा निर्देशक आमिर दोङ, चर्चित गायक तथा संगीतकार विशाल काल्तान, जुगल गापा ६ का वडा अध्यक्ष जंग तामाङ, बलेफी गापा ४ का वडा अध्यक्ष काली प्रसाद तामाङ, तामाङ चलचित्र संघ नेपालका महा सचिव जयन कुमार मोक्तान लगायत पत्रकारहरुको उलेख्य उपस्थिती रहेको थियो ।

आफ्नो मन्तव्य राख्नुहुँदै अध्यक्ष विकु थोकरले तामाअध्यक्ष विकु थोकरले आफ्नो मन्तव्यको क्रममा हरेक चलचित्र उत्थानका लागि तामाङ चलचित्र संघले हरेक कोणबाट साथ दिने बताएका छन् । चलचित्र उत्थानका लागि तामाङ चलचित्र संघले हरेक कोणबाट साथ दिने बताउनु भयो । बिशेष अतिथी द्वय स्थानीय जनप्रतिनिधि जंग तामाङ र काली प्रसाद तामाङले चलचित्र टिमलाई क्रमशः रु १५०००र( र २००००र( सहयोग समेत गर्नु भयो । साथै चलचित्रको डकुमेन्ट सहित वडामा बुझाउएमा सकेको सहयोग समेत गर्ने बचन वद्दता गर्नु भयो । तामाङ चलचित्रले हाम्रो संस्कार, भाषा, भेषभुसा आदिको संरक्षण सम्बर्द्धन गर्ने भएकोले अझै अघि बढ्न स्थानीय तह र ब्यक्तिगत तर्फबाट सकेको सहयोग रहने बताउनुभयो ।

सार्वजनीक गीतमा नायक ईश्वर लामा पाख्रिन र चर्चित नायिका सुस्मा मोक्तानको निकै सशक्त अभिनय हामीले देख्न पाँउछौँ । चर्चित गायक तथा संगीतकार विशाल काल्तानको शब्द संगितमा रहेको उक्त गीतमा विशाल काल्तान र जितु लोप्चनको सुमधुर आवाजमा रहेको छ । कान्छि माया गोलेको निर्माण तथा डम्फु मिडियाको ब्यानरमा निर्माण भएको तामाङ कथानक चलचित्र म्युङ पुजुमा अजय स्याङतानको निर्देशन, तथा विक्रम मोक्तानको छायंकन तथा सम्पादन रहेको छ । तामाङ कथानक चलचित्र म्युङ पुजुमा नायक इश्वर लामा , नायक प्रेम गोले , नायिका सुस्मा मोक्तान , नायिका डोल्मा तामाङ, खलनायक वीर बहादुर तामाङ ९बिजय० र भुइसाल लामाको प्रमुख भुमिका देख्न सकिन्छ । बुबाको भुमिकामा राजकुमार स्याङतान, बिरमान स्याङतान रहेको छ । चलचित्रमा राम्रै लगानि रहेकोले म्युङ पुजू उत्कृष्ट तामाङ चलचित्र बन्नेमा समेत निमार्ण पक्ष ढुक्क छन । अब छिट्टै नै प्रीमियर शो मार्फत दर्शक माझ ल्याउने तयारिमा रहेको बताउछन् निमार्ण पक्षले जनाएको छ । डम्फु मिडियाको ब्यानरमा निर्माण भएको तामाङ कथानक चलचित्र म्युङ पुजुमा चलचित्रकै निर्देशक अजय स्याङतानले नै नृत्य निर्देशन तथा सम्पादन गर्नुभएको छ भने बिक्रम मोक्तानले छायांकन गर्नुभएको छ । कान्छी माया गोलेको निर्माणमा बनेको चलचित्र म्युङ पुजु अव चाडैं दर्शकहरु बीचमा ल्याउने निर्माण पक्षले जानकारी दिएका छन् ।यस चलचित्रमा तीन वटा गितहरु समाबेस गरिएको छ । जब माया बुजि , जकि जकि ए न्होङ्गै र जतिन क्रबा चु सेम ङला बोलको गितहरु रहेको छ । निमार्ण पक्षका अनुसार छिटो भन्दा छिटो जकि जकि र जतिन क्राबा बोलको गितको भिडियो समेत सार्वजानिक गर्ने जनाएको छ ।

थप समाचारहरु

Latest News