गायिका रेश्मा बोम्जन र अनिल लामाको “सोल्टिनी मैच्याङ”मा जयनन्द लामा र सविता गुरुङको यस्तो रमाईलो !!!
September 5, 2019 | Gyanlama | 12:21 pm


ज्ञान लामा धुलिखेल
तामाङ सेलो गीतसंगीतको आकाशमा एक चम्कीला तारा गायिका रोश्मा बोम्जन र गायक अनिल वाईवाको तामाङ सेलो सोल्टिनी मैच्याङ आज काठमाण्डौको वौद्धमा एक कार्यक्रमका विच सार्वजनिक गरीएको छ । सार्वजनिक कार्यक्रममा पुर्व कानुन मन्त्री माननीय शेर बहादुर तामाङको प्रमुख आतिथ्यता संगै विशेष अतिथि तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकर, तामाङ कलाकार संघका अध्यक्ष सञ्जिव वाइवा, राष्ट्रिय तामाङ घेदुङ साँस्कृतिक विभागका अध्यक्ष शुक्र दोङ, गायक तथा संगीतकार टिका बोम्जन, नायीका चादनी मोक्तान, गायीका शशीकला मोक्तान, गायीका निर्मला घिसिङ लगायत पत्रकार, सञ्चारकर्मी साथै तामाङ कलाकारकर्मीहरु बाग्लो उपस्थिति रहेका थियो । सार्वजनीक भिडियोमा वरिष्ठा कलाकार देखी नव कलाकार सम्मको अभिनयले भिडियोलाई अझ उत्कृष्ठ वनाएको छ ।

सार्वजनीक गीतमा साङ्गे ब्लोनको शब्द, अनिल लामाको संगीत तथा अनिल लामा र रेश्मा बोम्जनको आवाज रहेको छ । यस गीतमा पवाङ तामाङको एरेरन्ज रेहको छ भने मित्र लामाको मिक्सीङ रहेको छ । राहुल बाराईलीको निर्देशन रहेको म्युजीक भिडियोमा वरिष्ठ कलाकार जयनन्द लामा, नविन राई, कुमार लामा, रश्मी तामाङ,निराञ्जली लामा र मनिष्का पोख्रेलको प्रमुख अभिनय रहेको छ ।

मित्र लामाको कारीयोग्राफी रहेको यस म्युजीक भिडियोलाई हाईलाईट्स नेपालको अफीसियल युट्युव च्यानल मार्फत सार्वजनीक गरीएको छ ।
भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला;

थप समाचारहरु

Latest News