वर्षाैँ पछि नायक गौरवलाई यस्तो अवस्थामा भेटिए (भिडियो सहित)
September 3, 2019 | Gyanlama | 2:59 pm


धुलिखेल, ज्ञान लामा,
गायक सन्तोष लामाको नयाँ गीतको म्युजीक भिडियो आज सार्वजनीक भएको छ । फेरी फेरी वोलको आधुनिक गीतको म्युजीक भिडियोमा केही समयको ग्यापीङ पश्चात नायक तथा मोडल गौरव मोक्तानलाई प्रमुख भुमीकामा देखीएको छ । भिडियोमा सन्तोष र रेखा एक आपसमा मन पराउछन् र गौरव रेखाको वुवाको रोजाई हुन्छ र दुवै मिलेर गौरवलाई मायाको नाटक गर्छन् । गौरव एक तरफ रेखाको मायामा पागल भईसकेको हुन्छ । अन्तमा गौरवले सवै कुरा वुभm्छ र दुवै जनाको हत्या गरीदिन्छ ।

सार्वजनीक म्युजीक भिडियोमा रोशी गाउँपालीका अध्यक्ष तथा अभिनेता डिबी मोक्तानको शब्द तथा गायक सनतोष लामाको संगीत तथा स्वर रहेको छ । चाद सिँ को एरेन्ज रहेको गीतलाई किशोर थापाले मिक्सीङ गर्नुभएको छ । भिडियोमा रेखा लिम्बु, गौरव मोक्तान र गायक सन्तोष लामा आफै पनि प्रमुख भुमिकामा देखीएका छन् । नविन गुरुङको निर्देशन तथा सिनेमाटोग्रफी रहेको यस भिडियोमा नविन सिँ को सम्पादन तथा कलरिङ रहेको छ । भिडियोलाई गायक लामाको अफीसियल युट्युव च्यानल मार्फत सार्वजनीक गरीएको छ ।

थप समाचारहरु

Latest News