२४ औ तामाङ चलचित्र प्रदर्शन दिवस २०७६ भब्य र शब्य रुपमा सम्पन्न !!!
September 2, 2019 | Gyanlama | 5:32 pm


धुलिखेल, ज्ञान लामा
२४ औ तामाङ चलचित्र प्रदर्शन दिवस २०७६ आज भक्तपुरको शुभकामना पार्टी प्यालेुमा भब्य र सब्य तवरले सम्पन्न भएको छ । आदिवासी जनजाती चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवारको अतिथ्यतामा सम्पन्न भएको उक्त, कार्यक्रममा विशिष्ट अतिथी पुर्व राज्य मन्त्री रेशाम लामा, विशेष अतिथी नेपाल तामाङ घेदुङका महासचिव बाबू घिसिङ, राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रबिन बल लगायत विभिन्न संघ सस्थाका प्रतिनिधि, चलचित्रकर्मी, पत्रकार, संचारकर्मी, कलाकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रम वाट सम्मानित हुनेहरुमा नायक रितुराज पाख्रीन, नायिका सुनिता लुङबा, निर्देशक बिनायक तामाङ, खलनायक बिकास स्याङतान, निर्माता दिपक तामाङ लामा, संगितकार निमा लामा तामाङ, नृत्य निर्देशकमा अजय स्याङतान, सम्पादन रोशन फ्युवा तामाङ, चरित्र अभिनेता प्रेम तामाङ, चरित्र अभिनेत्री भुइसल लामा र पत्रकारमा सुदिन दोङ सम्मानित हुनुभएको छ । साथमा कलाकारहरुको वेजोड सांगीतीक प्रस्तुतीहरु पनि प्रस्तुत गरीएको थियो ।

थप समाचारहरु

Latest News