पुषन र पेमाको यती चोखो मायामा कसैको आँखा नलागोस (भिडीयो सहित )
August 30, 2019 | Gyanlama | 4:22 pm


धुलिखेल, ज्ञान लामा
तामाङ साङ्गितीक आकाश यति खेर तामाङ प्रेम गितले तातिरहेको छ । एक पछि अर्को गर्दै तामाङ प्रेमगितहरुको बर्षा भैरहेको छ । यसै बिच मोक्तान आपाला ङा जामे बोलको गितले अत्याधिक दर्शकको माया बटुलेका मोडल तथा सर्झक पेमाडोल्मा मोक्तानको दोस्रो कोशेली स्वरुप तामाङ प्रेम गित ल्हुइसे एदा बोलको गितको म्युजिक भिडियो आज सार्बजनिक भएको छ । वैदेशिक रोजगारीको शिलशिलामा परदेशमै भएपनी आफ्नो कला सस्कार सकृती गितसङ्गितलाई बचाई राख्नको लागि मोक्तान आफ्नो फुर्सदको समय निकालेर गितसङ्गित सङ्ग नजिक हुने गर्नु हुन्छ । गितसङ्गितमा भबिस्य नभए पनि आफ्नो परिचय र पहिचान जिबित रहने पनि मोक्तान बताउनु हुन्छ ।

तामाङ प्रेम गित सम्बन्धि आफ्नो धारण राख्नु हुँदै मोक्तान यसो भन्नू हुन्छ, तामाङमा प्रेम नै यति धेरै छकी जुन व्यक्त गर्न हामिले सकिरहेका हुँदैनौ त्येसैलाई व्यक्त गर्ने एउटा सरल माध्यम बनेको छ म्युजिक भिडियो जस्ले गर्दा भन्न र व्यक्त गर्न नसकेका कुरा भिडियो मार्फत सहजै हामिले प्रस्तुत गर्न सक्छौं । सानै देखी सांगीतक परिवारमा हुर्केका मोक्तानका आपा आफै पनि गाउने र लेख्ने गर्न् हुन्थ्यो, आपा पश्चात आपाको अधुरो सांगीतीक यात्रालाई अव आफुले पुरा गर्ने मोक्तान वताउनु हुन्छ । गीतमा साचो मायाको वर्णन गरीएको छ । यो संसारलाई डाहा गर्ने हाम्रो माया वनाउनु पर्छ भन्ने भाव गीतमा रहेको छ ।

सार्वजनीक गीतमा पेमाडोल्मा मोक्तानको शव्द चर्चित गायक तथा संगीतकार विशाल काल्तानको संगीत तथा चर्चित गायीका जीतु लोप्चन र इन्द लामाको स्वर रहेको छ । यस गीतमा दिपेश प्रधानको एरेन्ज तथा मिक्सिङ रहेको छ । सुनिल लामाको निर्देशन रहेको यु म्युजीक भिडीयोमा सुरेश काफ्लेको सिनेमाटोग्राफी, सुमन संकरको मेकअप तथा मेक वहादुर थापाको सम्पादन तथा कलरीङ रहेको छ । भिडीयोमा पुषन लामा र पेमा घिसीङलाइृ प्रमुख भुमीकामा प्रस्तुत् गरीएको छ भने ह्याङ्ला को म्हेन्दो मिडीया हाउसको अफिसीयल युट्युव च्यानल मार्फत यस म्युजीक भिडीयोलाई सार्वजनीक गरीएको छ ।
भिडीयो हेर्नको लागी तलको लिङ्कमा क्लिक गर्नहोला;

थप समाचारहरु

Latest News