आफ्नो जन्म दिनको दिन तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरले गरे यस्तो पुण्यको काम !!!
August 30, 2019 | Gyanlama | 4:30 am


धुलिखेल, आफ्नो जन्म दिनलाई सधै स्मरणीय वनाउनुहुने तामाङ चलचित्र संघको अध्यक्ष बिकु थोकरले काभ्रेको रोशी गाउपालिका ९ पिन्थलिका विद्यार्थी संगै बसेर यस वर्षको आफ्नो जन्म दिन मनाएको छ । काभ्रे रोशी ९ पिन्थलिमा रहेको महाकाली देवि कर्म दय प्रा. बि का विद्यार्थी हरुलाइ आफ्नो जन्म दिनको अबसर पारेर विद्यार्थीहरुलाइ कापी कलम र खेल सामग्री लगायत पंखा बितरण गरेको थियो । खरो रुपमा केक काटेर मनाउने बर्थडेको बिरोध गर्दै फाजुल खर्च लाई यसरी नै बचत गरि दुर्गम र बिपन्न विद्यार्थी बालबालिकाको शिक्षामा सहयोग गरे राष्ट्र निर्माणमा एक शब्द कोरिनेमा मद्दत पुग्ने बिस्वास राख्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्ध गरेको थियो ।

अध्यक्ष थोकर लाई महाकाली देवि कर्म दय प्रा. बि को तर्फबाट प्रशंसा पत्रले सम्मान गरिएको थियो । त्यसै गरि शरीरको आदिभाग नचलेर लामो समय देखि ओछ्यानमा सुतिरहेको सुरेन्द्र कुमार बोम्जन लाई पनि आफ्नो जनमा दिनको अबसर पारेर नगत २१ हजार सहयोग गरिएको छ ।यस अघि पनि धेरै सम्झना योग्य र सम्मान योग्य कार्यहरुमा उहाँ सरिक हूँदै आउनु भएको छ ।

थप समाचारहरु

Latest News