अनुष्का र कुमारको प्रेममा कुमारको श्रीमती भो भिलेन (भिडीयो सहित)
August 30, 2019 | Gyanlama | 1:28 pm


धुलिखेल, ज्ञान लामा ७६-०५-१३,
सामाजीक संजालमा सार्वजनीक अघीनै भाईरल भईसकेको करिना स्याङ्बाको तामाङ सेलो दोहोरी गीत म्हिला खेप्पा सेम निवा अर्थात अर्काको बुडा मन पर्ने गीतको म्युजीक भिडीयो आज सावृजनीक भएको छ । पछिल्लो समय सामाजीक विकृती नै बनेको कथा बस्तुलाई गीतमा प्रस्तुत् गरीएको छ । श्रीमान रात दिन नभनी विदेशमा दुख गर्ने र श्रीमतीहरु पर पुरुषहरु संग लागेर जीन्दगीनै नर्क जस्तो बन्ने हाम्रो नेपाली समाजको यर्थाथ घटनालाई हामीले भिडीयोमा देख्न सक्छौँ । सार्वजनीक भिडीयोमा कुमार र अनुष्का आफ्नो श्रीमान र श्रीमतीलाई घात गर्दै मस्ती गर्दै हिड्ने र अन्तमा कुमारको श्रीमतीलाई सवैकुरा थाहा हुन्छ र उनको भिडीयोमा इन्ट्रि हुन्छ र अनुष्कालाई प्रश्न गर्दै भन्छिन् अव अर्काको बुडा संग हिन्छौकी हिन्दैनौ भनेर प्रति उत्तरमा अनुष्काले आफ्नो टाउको हल्लाउँदै हिड्दिन भन्ने प्रतिकृया दिन्छे ।

सावजनीक भिडीयोमा कल्पना वाईवाको शब्द युनीक दोङको संगीत तथा युनिक दोङ र करिना स्याङ्बाको आवाज रहेको छ । गायक युनीक दोङको छामे गोर्ङहा लगायत दर्जनौँ गीतहरु चर्चाको शिखरमा रहेका छन् । जोगलाल लामाले एरेन्ज गर्न भएको छ भने सानुवावु घिसीङले सरगम स्टुडियोमा रेकर्ड गर्नभएको छ । तामाङ चलचित्र जगतका चर्चित नायक कुमार मोक्तान, अनुष्का दोङ र करिना स्याङ्बोलाई भिडीयोमा प्रमुख भुमीकामा प्रस्तुत् गरीएको छ । अभि लामाको निर्देशन तथा कोरीयोग्रफी रहेको यस भिडीयोलाई सिनेमाटोग्राफी, सम्पादन तथा कलरीङ सुर्य लामाले गर्नभएको छ । यस गीतको म्युजीक भिडीयोको पोष्ट प्रोडक्सनको सम्पुर्ण कार्य जीग्मे मीडीयाले गरेको छ भने यस गतिको म्युजीक भिडीयो पनि जीग्मे मीडीयाको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनीक गरीएको छ ।
भिडीयो हेर्नको लागी तलको लिङ्कमा क्लिक गर्नहोला;

थप समाचारहरु

Latest News