‘मेरी आमा’ बोलको गीत छिट्टै सार्वजनिक गर्दै बुद्ध लामा (भिडियो)
August 26, 2019 | Gyanlama | 3:13 am


धुलिखेल,
‘नेपाल आइडल’ बुद्ध लामाको ‘मेरी आमा’ बोलको गीत सार्वजनिक हुँदैछ । गीतको टिजर भने युट्युवमार्फत सार्वजनिक भएको छ । बुद्धले आफ्नै युट्युव च्यानल (बुद्ध लामा) मार्फत गीतको टिजर सार्वजनिक गरेका हुन् ।

गीतमा असुसेन लामाको शब्द तथा संगीत रहेको छ । युवराज वाइवाले निर्देशन गरेको गीतको भिडियोमा लुनिभा तुलाधर र बुद्ध लामाको अभिनय देख्न सकिन्छ । उत्सव दाहालले खिचेको भिडियो विकास दाहालले सम्पादन गरेका छन् । ‘नेपाल आइडल’ बुद्धको मेरी आमा बोलको अफिसियल गीत केही दिनमा नेपाल आइडल च्यानलमार्फत सार्वजनिक हुनेछ ।
यस्तो छ गीतको टिजरः

थप समाचारहरु

Latest News