एक्कासी के भो कुमार मोक्तानलाई, रोकीएन सुजीनाको आँखामा आँशु ? (भिडीयो सहित)
August 23, 2019 | Gyanlama | 1:03 pm


STAR ONLINE TV
तामाङ सांगीतीक आकाशमा एक किसिमको तामाङ प्रेम गीतको ट्रेन चलिरहेको यो माहोलमा पुन अर्काे दमदार तामाङ प्रेम एदा थुर्ला वोलको गीतको प्रवेश भएको छ । पछिल्लो समय टिकटममा निकै चर्चा वटुलेको यस गितको म्युजीक भिडीयो आज काठमाण्डौको वोद्ध स्थीत केएफसी क्याफेमा यस गीतको म्युजीक भिडीयो लन्च गरिएको हो । पछिल्लो समय भन्ने नै हो भने तामाङ सांगीतीक क्षेत्रमा तामाङ प्रेम गीत निकाल्ने एक किसिमको होडवाजी नै चलीरहेको यो माहोलमा यस एदा थुर्ला वोलको गीतले कतिको दशृकको माया वटुलन सक्छ र उत्कृष्ट हुन्छ त्यो भने हेर्न वाँकी नै रहेको छ ।

वर्षा थिङ्को प्रवेश संगै म्युजीक भिडीयो सुरुवात हुन्छ भने भिडीयोको सुरुवातमै वर्षाले प्रदिपलाई आफ्नो प्रेम प्रस्ताव राख्छ र प्रदिपले वर्षालाई आफ्नो मायाको वारेमा वताउदा गीतको सुरुवात हुन्छ । भिडीयोमा कुमार मोक्तान र प्रदिप मोक्तानको एउटै रोजाई हुन्छ सुजीना गोले, कुमारले सुजीनालाई धेरै माया गर्छ र आफ्नो वनाउछ पनि तर सुजीनाले भने प्रदिपलाई मन पराएको हामी देख्न सक्छौँ । अन्तमा सुजीनाले कुमारलाई छोडेर जाने निर्णय गर्छ कुमारले धेरै कोशीष पनि गर्छ रोक्नको लागी अन्तत सुजीना घर छोडेर जान्छ पनि र त्येसै समयमा कुमारको रोग वल्झीन्छ र भुईमा त्येसै ढल्छ र सुजीनाको ध्यान कुमार तर्फ जान्छ र कुमारलाई उठाउन खोज्छ कुमार उठ्दैन । त्येसै वखत आफ्नो प्रेमी प्रदिपको प्रवेश हुन्छ र प्रदिपलाई सुजीनाले आफु प्रदिपको हुन नसक्ने जनाउछ । प्रदिपले पनि दुवैको मायाँको लागी दुखी भएनी मन्द मुस्कान दिदै त्येहा वाट टाडीन्छ ।

सार्वजनीक म्युजीक भिडीयोमा चर्चीत गायक तथा संगीतकार विशाल काल्तानको शब्द संगीत तथा स्वएम गायक विशाल काल्तान र गायीका जीतु लोप्चनको सुमधुर आवाज रहेको छ । यस गीतलाई दिपेश प्रधानले एरेन्ज गर्नु भएको छ । प्रतिक न्यासुरको निर्देशन तथा कोरीयोग्रफी रहेको यस म्युजीक भिडीयोमा कुमार मोक्तान, प्रदिप मोक्तान, सुजीना गोले वर्षा थिङको प्रमुख अभिनय रहेको छ । सुर्य लामाको सम्पादन तथा सिनेमाटोग्राफी, सुरेश घिसीङको ड्रोन सुट, जीग्मे मिडीयाको पोष्ट प्रोडक्सन गरीएको छ भने वव्लु गुरुङले यस भिडीयोलाई निमार्ण गर्नुभएको हो ।
भिडीयो हेर्न तलको लिङ्क्मा क्लीक गर्नुहोला;

थप समाचारहरु

Latest News