तामाङ कथानक चलचित्र तिल्दा ट्रेलर सर्वजनिक संगै लघु चलचित्र आजभोलिको बिशेष प्रदर्शनि ;
August 22, 2019 | Gyanlama | 5:46 am

डि एन डि तामाङ
बौंद्द,भाद्र ५ । तामाङ कथानक चलचित्र ‘तिल्दा’को सुटिङ सम्पन्न भए लगातै ट्रेलर सर्वजनिक तथा कलाकार सम्मान साथै लघु चलचित्र आज भोलिको बिशेष प्रदर्शनि कार्यक्रम हुदै । सोहि कार्यक्रमको तयारी अन्तिम चरणमा पुगिएको जानकारी दिएको छ ।

चलचित्रलाई तामाङ संस्कार,पराम्परा र रितीरिवाजलाई समाबेश र फरक कथामा आधारित रहि चलचित्रलाई निर्माण गरिएको निर्माण पक्षाले बताएका छन् । सुटिङ सम्पन्न लगातै चलचित्र डबिङ र सम्पादनको कार्य अन्तिम चरणमा पुगेको बताएका छन् ।

कथा,निर्देशन बाबु जिम्बा स्वयम आफैको रहेका छन् भने मुख्य भूमिकामा पुर्णिमा लामा सङ्गै नायक बाबु जिम्बा सङ्गै देख्न पाउनेछ । फाइट डाइरेक्टरमा वीर मास्टर,बीर बहादुर तामाङको निर्माता र बिजय तामाङ सह- निर्माता रहेका छन ।

सेवा फिल्मसको ब्यानरमा मेरिना जिम्बाको प्रस्तुती रहेको तामाङ कथानक चलचित्र तिल्दाको छायांकन काठमाडौं आसपासका जिल्लाहरु संगै प्राय काठमाडौं कै मनोरम दृष्यमा कैद गरिएको छ । सोहि चलचित्रलाई छायांकन संगै सम्पादन को कार्य भने आशिष जिम्बाको रहेको पाईन्छ । अब चाढै नै दर्शकहरु माझ ल्याउन समेत बताएका छन ।

ट्रेलर सर्वजनिक तथा कलाकार सम्मान साथै लघु चलचित्र आजभोलिको बिशेष प्रदर्शनि हुदै :

मिति: ०७६/०५/०६ गते
समय: बिहान १० बजे देखि
स्थान: चलचित्र बिकास बोर्ड, चावहिल

थप समाचारहरु

Latest News