एक्कासी किन हात हालिन अनिताले सुजललाई ?
August 9, 2019 | Gyanlama | 11:49 am


STAR ONLINE MEDIA
धेरैले रुचाइएको र धेरै समय प्रतीक्षा गरिएको जेबि जिम्बाको खेल्छौ टिकटक पब्जी बोलको गितको म्युजिक भिडियो आज एक कार्यक्रमका बिच सार्बजनिक गरिएको छ । युबा पुस्तालाई केन्द्रित गरेर निर्माण गरिएको यस गितको अडियो भने केही समय अघिनै युट्युबमा सार्बजनिक भैसकेको थियो । सामान्य तय आजभोलिका युबा पुस्ता पब्जी र र जुवातासले ग्रसित देख्छौ हामी र युबतिहरु टिकटक बनाउनमा बिजि देख्छौ र यसैले हाम्रा युबाहरु बिग्रीरहेको यो अबस्थामा यो गितले केही हदसम्म राम्रो संदेश दिने पनि हामिले अपेक्षा गरेका छौ ।
गीतमा अनिता र बिनिशा टिकटकमा बिजि देखिन्छौ भने उता सुरेश र सुजल पब्जी र रक्सिमा मस्त देखिन्छ र अन्तमा अनिता र बिनिशाले उनिहरुलाई सुधार्नकै लागि चुरोट र रक्सिको बोतल छुटाएर केही कोशिस गरेका छन ।

सार्बजनिक म्युजिक भिडियोमा जेबि जिम्बाको शब्द सङ्गीत तथा जेबि जिम्बा र सृजना स्याङ्तानको आवाज रहेको छ । जोगलाल लामाले एरेन्ज तथा दिपेश प्रधानले मिक्सिङ गर्नु भएको यस गितलाई सेलो सरगम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरीको छ । अभि लामाको निर्देशन रहेको यस म्युजिक भिडियोमा सिनेमाटोग्राफी सम्पादन र कलरिङ सुर्य लामाले गर्नु भएको छ । यस म्युजिक भिडियोलाई सेन्साई पेमाले छायांकन गर्नु भएको छ भने अनिता गोले, सुरेश लामा, बिनिशा तामाङ र सुजल तामाङको प्रमुख अभिनय रहेको छ । जिग्मे मिडियाले पोस्ट प्रोडक्सन तथा जिग्मे मिडियाकै अफिसियल युट्युब च्यानल मार्फत यो गित सार्बजनिक भएको छ ।
भिडियो हेर्नको लागि तलको लिन्कमा क्लिक गर्नु होला;

थप समाचारहरु

Latest News