गायक अजय लामाको “फ्याङ्ला माया” यस्तो उत्कृष्ट !!!
August 9, 2019 | Gyanlama | 8:18 am


STAR ONLINE MEDIA
तामाङ साङ्गितीक आकाशमा अर्को धमाकेदार तामाङ प्रेम गितको आगमन भएको छ । युट्युबमा सार्बजनिक हुनु अगाबै टिकटकमा सयौं भिडियो बनेर भाईरल यस गितको म्युजिक भिडियो आज भक्तपुरमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । गायक अजय स्याङ्तानको यो निकैनै मिहिनेत गरिएको गित भनेर पनि चिनिन्छ । यस गित भन्दा अघि पनि उहाँका अधा दर्जन गित उतिकै सर्बाधिक हिट गित नै रहेको थियो । गायक लामाको यो गित पहिलो प्रेम गित रहेकोले पनि उहालाई अलि च्यालेन्ज रहेको थियो । गित सर्बजनिक हुनुभन्दा एक दिन अगाडि आफ्नो फेसबूकमा स्टाटस लेख्नु हुँदै गायक लामाले आफ्नो मिहेनत र कर्मलाई दर्शकले पक्कै माया गर्नेमा बिस्वस्त रहेको बताउनु भएको छ ।

फ्याङ्ला माया गित एकदमै सच्चा माया गर्ने युगल जोडिको लागि तयार भएको गित हो । यो गितमा हामी हाँसो, रोधन, रिसाउने, खुसाउने घुर्की देखाउने हामी जे गर्छौ आफ्नो मान्छेलाई नै गर्छौं । आफ्नो मान्छे सारा दुनियाले जे भनेनी गरेनी आफ्नै हुन्छ भन्ने भाब यो गित बाट हामिले पाउन सक्छौं ।

सार्बजनिक गितमा चर्चित गायक तथा सङ्गितकार विशाल काल्तानको शब्द, सङ्गीत तथा चन्द सिङको एरेन्ज र गोबिन्द सोनिको मिक्सिङ रहेको छ । सुमधुर आवाजकी धनी गायिका जितु लोप्चन र गायक अजय लामाले यश गितलाई स्वरबद्ध गर्नु भएको छ भने जेनेरिक स्टुडियोमा यो गितको रेकर्डिङ गरिएको छ ।

अजय स्याङ्तानको निर्देशन तथा सम्पादन रहेको यस म्युजिक भिडियोलाई बिक्रम मोक्तानले छायांकन गर्नु भएको छ । द अजय फिल्मस प्रालिले पोस्ट प्रोडक्सन गरिएको यस म्युजिक भिडियोमा तामाङ चलचित्र जगतका चर्चित नायक सागर घिसिङ र मोडल ममता मोक्तानलाई प्रमुख भुमिकामा देख्न सकिन्छ । यस म्युजिक भिडियोलाई हाईलाईटको अफिसियल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । गायक अजय लामाको अघिल्ला गितहरु भन्दा फरक पन हामिले यसमा पाउन सक्छौ र आशा छ गायक लामाले यस गित मार्फत आफ्नो गायन क्षेत्रलाई अझ बिस्तार गर्दै लानु हुन्छ, उहाँको यस गितको म्युजिक भिडियोले सारा दर्शकको मन जित्न सकुन उहाँलाई अघृम शुभकामना ।
भिडियो हेर्नको लागि तलको लिन्कमा क्लिक गर्नु होला;

थप समाचारहरु

Latest News