यसरी जुट्दै छन् तामाङ राष्ट्रिय ख्याति प्राप्त वरिष्ठ तथा चर्चित कलाकारहरु दुबै मृगौला पीडित उर्मिला तामाङ बचाउको लागी !!!
July 23, 2019 | Gyanlama | 3:52 pm


STAR ONLINE MEDIA
छोर्वाला काई रेडीयो गेताङ ११ औँ प्रयास रामेछाप जिल्ला दोरम्बा गाउँपालिका वडा नं। ७ स्थाई घर भई बिगत २ वर्ष देखि दुईटै मृगौला फेल पीडित उर्मिला तामाङ सहयोगार्थ वृहत साँस्कृतीक कार्यक्रम २०७६ शुभकामना पार्टी प्यालेस भक्तपुरमा श्रावण १८ गते शनिवार विहान १० वजे देखी वेलुकी ७ वजे सम्म हुने भएको छ । कार्यक्रममा चर्चित तामाङ ख्याती प्राप्त कलाकारहरु चन्द्रकुमार दोङ, रोज मोक्तान, इन्दिरा गोले, सञ्जीव वाईवा, बिश्व दोङ, बिशाल काल्तान, विशाल थिङ, शुक्र दोङ, उतर लामा, निमा दोङ, जितु लोप्चान, टेक घिसिङ, अभिषेक तामाङ, प्रतीक तामाङ, जगत घिसिङ, हावा लामा, पेमा लामा, विहिन दोङ, मन बहादुर लामा र के.डी श्री डान्स सेन्टरको बेजोड प्रस्तुति रहने भएको छ । हाल पीडीत उर्मीला तामाङ वचाउ कार्यक्रम अन्र्तगत नायक तथा स्कृप्ट राईटर रीतुराज पाख्रीनको वलातकृत साहित्य वौद्धमा एक हप्ता वाचन कार्यक्रम सम्पन्न भएको छ ।

यतिबेला पीडित उर्मिला तामाङको मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा हाल उपचार भइरहेको छ। साथै घरको आर्थिक स्थिति सार्है नाजुक भएको हुँदा हाल उपचार गर्न निकै समस्या भएको हुँदा उहाँलाई पुनर्जन्म दिलाउनको लागि सम्पुर्णलाई एक जुट हुन आग्रह गरीएको छ । यस्तै आदरणीय सहयोगी मनका धनी महानुभवहरुमा मृगौला पीडित उर्मिला तामाङलाई इच्छुक मनले आत्मादान गर्न चाहनुहुन्छ भने पीडितको बैंक खाता नेपाल इन्भेष्टमेन्ट बैंक खाता नं ००२०५०३०३०७९९४ मा सहयोग गर्न सक्नुहुनेछ ।
वाँकी भिडीयो मार्फत ।

थप समाचारहरु

Latest News