STAR ONLINE MEDIA
मोडल प्रदिप मोक्तानको आज जन्म दिन हर्सोस्लासका साथ सु सम्पन्न भएको छ । मोडल प्रदिप मोक्तानकै जन्म दिनको अवसर पारेर आज काठमाण्डौ वौद्धमा मोडल प्रदिप मोक्तान र मोडल सुजीना गोलेद्धारा अभिनीत तामाङ प्रेम गीत म्हेन्दो ह्राङ्वा माया वोलको गीतको म्युजीक भिडीयो सार्वजनीक गरीएको छ । कार्यक्रम तामाङ चलचित्र जगतका एक्सन किङ नायक तथा निर्देशक अमिर दोङको प्रमुख आतिथ्यता तथा प्रतिक न्यासुरको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा विशेष अतिथिमा तामाङ चलचित्र जगतका चर्चित खलनायक तथा हाँस्यकलाकार कुईसाङ रुम्वा, तामाङ चलचित्र जगतकी चर्चीत नायीका रोश्नी व्लोन, नेपाली कथानक चलचित्र सुर्य किरणका निर्माता अमृत चेपाङ संगै अतिथीहरुमा विक्रम मोक्तान, मिलन थिङ, विजय थोकर, विहिन दोङ, मोनिका मोक्तान, याङ्की दोङ, श्रीजना स्याङ्तान, लगायत कलाकार पत्रकारहरुको वाक्लो उपस्थीती रहेको थियो । कार्यक्रमको सुरुवात संगै मोडल प्रदिप मोक्तानको जन्म दिनको अवसरमा नायीका रोश्नी व्लोनको उपहार स्वरुप केक काटेर कार्यक्रमलाई थप रौनकता वनाईएको थियो ।
कार्यक्रममा आफ्नो भनाइृ राख्नुहूँदै नायक तथा निर्देशक अमिर दोङले तामाङ कलाकारहरु एकअर्कामा प्रतिस्पर्धाको रुपमा नभई सम्पुर्ण तामाङ कलाकारहरुलाई हातेमालो गरेर अगाडी वड्न समेत आह्वान गर्नभएको छ । अमिर दोङको निर्देशन रहेको यस म्युजीक भिडीयोमा सज्जन स्याङ्तानको, सन्जीव वाईवाको संगीत तथा रिदम तामाङ र श्रीजना स्याङ्तानको आवाज रहेको छ । दिपेश प्रधानको मिक्सीङ तथा एरेन्ज रहेको यस गीतको भिडीयोलाई विक्रम मोक्तानले छायंकन र सम्पादन गर्नुभएको छ । यस म्युजीक भिडीयोलाई प्रतिक न्यासुरले कोरियोग्राफी गर्नभउको छ । म्युजीक भिडीयोमा प्रदिप मोक्तान र सुजीना गोलेको प्रमुख अभिनय रहेको छ । यस गीतको पोष्ट प्रोडक्सन तामाङ सुपरस्टार डम्फु मिडीयाले गरेको छ भने यही मिडीयाको अफीसियल युट्युव च्यानल मार्फत म्युजीक भिडीयो सार्वजनिक गरीएको छ ।