नेपालगञ्जबाट आएको यति एयरलाइन्सको बिमान दुर्घटना , एक जना घाइते !
July 12, 2019 | Gyanlama | 6:15 am

काठमाडौं : यति एयरलाइन्सको विमान अवतरणको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धवनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको छ । नेपालगञ्जबाट आएको यति एयरलाइन्सको ए टी आर ७२ विमान अवतरण गर्ने क्रममा चिप्लिएको बताइएको छ ।दुर्घटनामा १ जना घाइते भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । अन्य यात्रु भने सकुशल रहेका छन् ।

धावनमार्गमा जहाज चिप्लिएपछि अहिले विमानस्थलमा उडान र अवतरण बन्द भएको छ।घाइतेको केएमसी अस्पताल सिनामंगलमा उपचार भैरहेको छ । अरु यात्रु सुरक्षित रहेको र उनीहरुलाई जहाजबाट बाहिर निकालिसकिएको पनि विमानस्थल कार्यालयले जनाएको छ ।

थप समाचारहरु

Latest News