आदिवासीवाद आदिवासी समुदायमा मात्र सिमित नरही सिङ्गो पृथ्वीको रक्षामा केन्द्रित रहेको छ।(अन्तर्वार्ता )
July 11, 2019 | Gyanlama | 12:00 am

विश्वमै अहिले उदारवाद र माक्सवाद संकटमा छ।उदारवाद र माक्सवादले समाजमा देखिएको अन्तरविरोधको सही ढङ्गले हल गर्न सकिरहेको छैन।वरु उल्टै विश्व अधिनायकवादतर्फ उन्मुख भईरहेको देखिन्छ।यस्तोमा विश्वमा देखिएका अन्तर्विरोधको हल आदिवासीवाद दर्शनले गर्ने दावीसहित आफ्नो विचार पस्कदै अाउँनुभएको एक युवा दर्शानिक सिङ्ग मोक्तानसगँ आादिवासीवाद के हो?यसको आवश्यकता किन ? लगायत उहाँले विकास गर्नुभएको महत्वपूर्ण दर्शानिक लाईनहरुको वारेमा हामीले भलाकुसारी गरेका छौं।

१)अादिवासीवाद के हो?

सुरुमै तपाईँले राम्रो प्रश्न गर्नुभयो।यस विषयमा हामीमा काफी भ्रम रहेको पाउँछु।आदिवासीवाद भन्नेवित्तिकैे आदिवासीको मात्र वाद हो भन्ने भ्रम धेरैमा पाईन्छ झट्टा हेर्दा पनि त्यस्तै देखिन्छ तर अादिवासीवाद अादिवासी समुदायमा मात्र सिमित नरही सिङ्गो पृथ्वीको रक्षामा केन्द्रित रहेको छ। त्यत्ति मात्र नभई विश्वको उत्पिडित जातिहरुको मुक्तिको कुरालाई आदिवासीवादले प्रधान रुपमा उठाउँदछ भने वर्गिय,लिङ्गीय उत्पिडनको अन्त्यको कुरालाई पनि उठाउँदछ।हाम्रो अन्तिम लक्ष्य वैज्ञानिक प्रकृतिवादी समाज निर्माण गर्नु हो।

“वैज्ञानिक प्रकृतिवादी समाज व्यवस्थाले समाजमा रहेका सबैखाले विभेदको अन्त्य भएको र प्राकृतिक स्रोत साधनको अत्याधिक दोहनको अन्त्य भएको समाज व्यवस्थाको परिकल्पना गर्दछ।”

२)यो वैज्ञानिक प्रकृतिवादी समाज भनेको चाहिँ के हो नि?

हेर्नुस् तथाकथित व्यक्तिवादी र विकासवादीहरुले अहिले विश्वमै प्राकृतिक स्रोत साधनको अत्याधिक दोहन गरिरहेको छ।जसले पृथ्वीको अायुलाई छोट्याउँदै लगिरहेको छ।त्यसैले पृथ्वीको अायु जोगाउँनको लागि हामीले वैज्ञानिक प्रकृतिवादको वकालत गरेका हौं।वैज्ञानिक प्रकृतिवादी समाज व्यवस्थाले समाजमा रहेका सबैखाले विभेदको अन्त्य भएको र प्रकृातिक स्रोत साधनको अत्याधिक दोहनको अन्त्य भएको समाज व्यवस्थाको परिकल्पना गर्दछ।

३)यसलाई वैज्ञानिक भन्नुपर्ने किन?

पहिलो त यो कुरा व्यवाहारिक रुपमा नै ल्याउँन सम्भव छ भनेर वैज्ञानिक भनेका हौं भने दोस्रो चाहिँ माक्सवादी साथीहरुले अाफू मात्र वैज्ञानिक हो अरु सबै अवैज्ञानिक हो भन्ने खालको तर्क गर्दे हामीमाथि निरन्तर प्रहार गरिरहेकोले पनि त्यसलाई चिरफार गर्नको लागि वा हामीले भनेको कुरा पनि वैज्ञानिक हो भन्ने दाबी गर्नको लागि पनि हामीले वैज्ञानिक शब्दको प्रयोग गरेका हौं।

” वैज्ञानिक समाजवाद सवैखाले विभेदको अन्त्य हुनेखाले व्यवस्था भनेर व्याख्या गरेता पनि त्यसले समाजमा भएका सबैखाले विभेदको अन्त्यको कुरालाई सही ढङगले उठाउँन सकेन।पुजीँवादी व्यवस्थाले शोषण गर्ने गरेको मजदुर,किसानको मुद्वालाई मात्र प्रधान रुपमा उठाउँदा जातीय विभेदको सिकार बन्न पुगेका विश्वका अादिवासी जनजाति, दलित,काला जाति लगायतले उन्मुक्तिको सास फेर्न पाएनन।महिलाहरुको उत्पिडनको मुद्दालाई सही ढङ्गले व्याख्या गर्न सकेनन।त्यत्ति मात्र नभई वैज्ञानिक समाजवाद प्रकृतिको अस्तित्वको विषयमा बेखबर बने।”

४)कार्ल माक्सले भनेको वैज्ञानिक समाजवाद र तपाईँले विकास गरेको वैज्ञानिक प्रकृतिवादमा के फरक छ?

कार्ल माक्सले वैज्ञानिक समाजवादको विकास शुद्व मनद्वारा गरिएको भएता पनि त्यसको आफ्नै सीमाहरु थियो र छन।वैज्ञानिक समाजवाद सवैखाले विभेदको अन्त्य हुनेखाले व्यवस्था भनेर व्याख्या गरेता पनि त्यसले समाजमा भएका सबैखाले विभेदको अन्त्यको कुरालाई सही ढङगले उठाउँन सकेन।पुजीँवादी व्यवस्थाले शोषण गर्ने गरेको मजदुर,किसानको मुद्वालाई मात्र प्रधान रुपमा उठाउँदा जातीय विभेदको सिकार बन्न पुगेका विश्वका अादिवासी जनजाति,दलित,काला जाति लगायतले उन्मुक्तिको सास फेर्न पाएनन।महिलाहरुको उत्पिडनको मुद्दालाई सही ढङ्गले व्याख्या गर्न सकेनन।त्यत्ति मात्र नभई वैज्ञानिक समाजवाद प्रकृतिको अस्तित्वको विषयमा बेखबर बने।यी कुराहरुको पूर्ति गर्नको लागि नै वैज्ञानिक प्रकृतिवादको विकास गर्नुपरेको हो।जो मानवकेन्द्रबाट माथि उठेर प्रकृतिको रक्षामा केन्द्रित रहन्छ। अर्थात् सिङ्गो पृथ्वीको रक्षामा केन्द्रित रहन्छ।

“भौतिकवादले देखिने खालको चीजलाई मात्र वैज्ञानिक भन्ने गल्ती गरियो।तर हामीमाझ नदेखिने खालका तर वैज्ञानिक कुराहरु कैयौं थियो।उदाहरणको लागि बुद्वत्व प्राप्तिलाई नै लिन सकिन्छ।यदि शील समाधी र प्रज्ञाको सही पालना गरेमा बुद्वत्व प्राप्ति सम्भव छ जुन कुरालाई बुद्व स्वंयले नै प्रमाणित गरेर जानुभयो।”

५)यहाँहरु आफूलाई प्राकृतिक भौतिकवादी दाबी गर्नुहुन्छ?

यो प्राकृतिक भौतिकवाद भनेको चाहिँ के हो नि? आदिवासीवादीहरुले आफूलाई प्राकृतिक भौतिकवादी भनिनुपर्छ भनेर मैले नै प्रस्ताव गरेको हुँ।त्यो भन्दा अगाडि हामीमा वैचारिक स्पष्टता थिएन।हामीले आफूलाई प्राकृतिक भौतिकवादी दाबी गर्नुपर्ने केही खास कारण थिए। भौतिकवाद र द्वन्दात्मक भौतिकवादको आफ्नै सीमाहरु थियो र छन।भौतिकवादले देखिने खालको चीजलाई मात्र वैज्ञानिक भन्ने गल्ती गरियो।तर हामीमाझ नदेखिने खालका तर वैज्ञानिक कुराहरु कैयौं थियो।उदाहरणको लागि बुद्वत्व प्राप्तिलाई नै लिन सकिन्छ।यदि शील समाधी र प्रज्ञाको सही पालना गरेमा बुद्वत्व प्राप्ति सम्भव छ जुन कुरालाई बुद्व स्वंयले नै प्रमाणित गरेर जानुभयो।यो कुरा भौतिकवादी हरुको लागि अपाच्य कुरा हो।दोस्रो कुरा भौतिकवादीहरुले वस्तुलाई प्रधान मान्ने काम गरियो।नत वस्तु प्रधान थियो न त चेतना।प्रकृतिविना यी दुई चीज नै अस्तित्वमा रहन सक्दैन। मानिलिउँ पृथ्वी नै ध्वस्त भयो भनौं न के त्यत्तिवेला वस्तु जीवित रहला?वा ज्ञान जीवित रहला?अवश्य रहन सक्दैँन।तेस्रो कुरा माक्सवादी भौतिकवादले वर्गसंघर्षको मात्र व्याख्या गरियो द्वन्द्वात्मक भौतिकवादले वुर्जुवा वर्ग र सर्वहारा वर्गबीचको द्वन्द्वलाई मात्र व्याख्या गर्ने गरियो ऐतिहासिक द्वन्दात्मक भौतिकवादले ईतिहासदेखि हालसम्म वर्ग संघर्षमात्र थियो भनेर व्याख्या गरियो।तर समाजमा खाली वर्ग संघर्ष मात्र थिएन।विश्वमा त एउटा जातिले अर्को जाति माथि नरसंहार नै मच्चाईएको थियो।पुरुषहरुले माहिलामाथि गरिएको शोषण कम्ता थिएन।यी सबै कुरालाई मध्यनजर हामीले प्राकृतिक भौतिकवादको व्याख्या गरेका छौं।त्यसको थप विकास गर्दे द्वन्द्वात्मक प्राकृतिक भौतिकवाद,ऐतिहासिक द्वन्द्वात्मक प्राकृतिक भौतिकवाद र त्यसको नियमहरुको समेत विकास हामीले गरेका छौं।

६)यो त द्वन्द्वात्मक भौतिकवादको कपी पेस्ट जस्तो भएन र?

हो ठ्याक्कै यस्तै आरोप कम्युनिस्ट मित्रहरुले हामीलाई लगाउँनुहुन्छ।तर यो आरोप तथ्यमा आधारित छैन।यी आरोप दर्शनको क ख समेत नजान्नेहरुले लगाउँने आरोप हो।यो त आफ्नै दर्शन विरुद्धमा छ।माक्सले पनि द्वन्द्ववाद हेगेलबाट लिईएको हो तर माक्सले त्यसलाई उल्टाईएको मात्र थियो।हो हामीले पनि माक्सको द्वन्द्ववादलाई उल्टाईएको हो।माक्सले हेगेलको द्वन्द्ववादलाई उल्टाउँन मिल्दा हामीले माक्र्सको द्वन्द्ववादलाई उल्टाउँन नमिल्ने भन्ने हुदैँ हुदैन ।

थप समाचारहरु

Latest News