गायक कर्साङ लामा ले चर्चित सेलो गायिका जितु लोप्चन लाई शिखर पांगु लाने विचारमा : ( भिडियो सहित )
July 10, 2019 | Gyanlama | 7:59 am

डि एन डि तामाङ

असार २५,बौंद्द काठमाडौँ – ” शिखर पागु ” गीत को भिडियो शुक्रवार सर्वजनिक गरिएको छ। केहि समय अघि मात्र सेलो म्युजिक प्रोडुक्सन युटुब च्यानल बाट अडियो मात्र सर्वजनिक भएको गीतलाई धेरै दर्शकले मन पराए पछि दर्शकको रुचिलाई मध्यनजर गर्दै उक्त गीतको म्युजिक भिडियो पनि सार्बजनिक गरिएको छ । गीतको म्युजिक भिडियोलाई नगरकोट आसपास प्राकृतिक मनोरम दृष्यमा कैद गरिएको छ । गीतलाई आफ्नै तामाङ समाज भित्र भई आएका रितिथिति र परम्परालाई लक्षित गरि रचना गर्नुका साथै भिडियो लाई पनि त्यहि अनुसारकै निर्माण गरिएको छ ।
टुल्कु दोङको रचना, कर्साङ लामा र सेलो चर्चित गायिका जितु लोप्चनको स्वर रहेको छ भने संगित,एरेन्ज भने सेलो गायक प्रायस दोङले गरिएको छ । गीतलाई मिक्सिङ भने दिपेश प्राधानले गरिएको हो ।
गीतको भिडियो लाई भने ” को म्हेन्दो क्रृ ” द्धारा निर्माण गरिएको छ । सुनिल मोक्तानको निर्देशन,सुरेश काफ्लेको छायांकन,डेभिट दावाको मेक्प,मेक ब. थापाको सम्पादन रहेको भिडियो लाई कोरियोग्राप भने ” को म्हेन्दो क्रृ ” ले नै गरिएको छ ।
भिडियो लाई भने ” को म्हेन्दो मिडिया हाउस ” बाट सर्बजनिक गरिएका छन् ।

भिडियो सहित :

थप समाचारहरु

Latest News