तामाङ कथानक चलचित्र “शेर्कु” भोली भक्तपुरमा प्रर्दशन हुँदै, सहि उत्तर दिने ३ जनालाई फ्री टिकेट
July 5, 2019 | Gyanlama | 3:45 am

हल फुल दर्शक माझ प्रर्दशन भएको तामाङ कथानक चलचित्र शेर्कु राष्ट्रिय नाच घर जमल काभ्रे लगायत विभिन्न स्थानमा बिशेष शो भए पश्चात् अव तपाई हाम्रै शहर भक्तपुरको वाराही हलमा यहि असार २१ गते अथार्त भोली विशेष दिउँसो ४ वजे प्रर्दशन गर्ने भएको छ । साथै चलचचित्र युनिटले फेसवुक माफृत चलचित्रमा रहेको ३ जना पात्रको फोटो पोष्ट गर्दै सहि नाम, ठेगाना र स्थान लेख्नेलाई ३ ओटा टिकट फ्री गरेको छ । अत्याधिक दर्शकको माया बटुल्न सफल तामाङ कथानक चलचित्र हो । तामाङ चलिचत्रको ईतिहासमै यस चलचचित्रले पहिलो पटक ‘युनिभर्सल सर्टिफिकेट’ प्राप्त गर्दै ईतिहास रच्न सफल भएको थियो । तामाङ समुदायले भोगेको यथार्थ कथा बस्तु, कलाकारहरुले निभाएको जिबन्त अभिनयले चलचित्रलाई उत्कृष्ट बनाएको छ ।

राज कुमार मोक्तानले निर्देशन तथा निर्माण गरेको चलचित्रमा नायक ऋतुराज पाख्रीन, नायिकाहरु चाँदनी मोक्तान, उर्मिला वाईबा, सुस्मा थिङ, सुस्मा मोक्तानका साथै विकास स्याङ्तान, श्याम लाल योन्जन, बैरागी मोक्तान लगायतका कलाकारहरुको जीवन्त अभिनय रहेका छन् । त्यसैगरी चलचित्रमा राज कुमारसँगै सिद्धार्थ मोक्तानको पनि निर्माण रहेको छ भने निमा दावा रुम्बा र तेन्जिङ शेर्पा ह्योल्मोको सह–निर्माण रहेको छ ।

ऋतुराज पाख्रिनको कथा लेखन रहेको चलचित्र ‘सेर्कु’को छायांकन र सम्पादन रोशन फ्युबाले सम्हाल्नु भएको छ भने, पास्र्व ध्वनीको काम पवन वाङले गर्नु भएको छ । जीवन बोम्जन र राज कुमार मोक्तानको शब्द, रचनामा तय भएको गीतमा आर बि लामा र राजकुमार मोक्तानले संगीत भर्नु भएको छ भने जितु लोप्चन, अमृत लामा र आर बि लामाले स्वर बद्द गर्नु भएको छ ।

थप समाचारहरु

Latest News