तामाङ कथानक चलचित्र ‘तिल्दा’को सुटिङ सम्पन्न,डबिङ र सम्पादन कार्य धमादम भईरहेको ;
July 1, 2019 | Gyanlama | 10:09 am

डि एन डि तामाङ

बौंद्द, आषाढ २४ । तामाङ कथानक चलचित्र ‘तिल्दा’को सुटिङ सम्पन्न भएको छ । तामाङ संस्कार,पराम्परा र रितीरिवाजलाई समाबेश र फरक कथामा आधारित रहि चलचित्रलाई निर्माण गरिएको निर्माण पक्षाले बताएका छन् । सुटिङ सम्पन्न लगातै चलचित्र डबिङ र सम्पादन कार्य धमादम भईरहेको बताएका छन् ।

कथा,निर्देशन बाबु जिम्बा स्वयम आफैको रहेका छन् भने मुख्य भूमिकामा पुर्णिमा लामा सङ्गै नायक बाबु जिम्बा सङ्गै देख्न पाउनेछ । फाइट डाइरेक्टरमा वीर मास्टर,बीर बहादुर तामाङको निर्माता र बिजय तामाङ सह- निर्माता रहेका छन ।

सेवा फिल्मसको ब्यानरमा मेरिना जिम्बाको प्रस्तुती रहेको तामाङ कथानक चलचित्र तिल्दाको छायांकन काठमाडौं आसपास संगै प्राय काठमाडौं कै मनोरम दृष्यमा कैद गरिएको छ । सोहि चलचित्रलाई छायांकन संगै सम्पादन को कार्य भने आशिष जिम्बाको रहेको पाईन्छ । अब चाढै नै दर्शकहरु माझ ल्याउन समेत बताएका छन, ।

थप समाचारहरु

Latest News