सिरिन्ज ’ आक्रमणमा संलग्न गिरोहका एकजना पक्राउ परेका छ ।
June 28, 2019 | Gyanlama | 11:47 am

काठमाडौँ । काठमाडौँ उपत्यकामा आतंककै विषय बनिरहेको शृङ्खलाबद्ध ‘सिरिन्ज’ आक्रमणमा संलग्न गिरोहका एकजना पक्राउ परेका छन् ।महानगरीय प्रहरी परिसर काठमाडौँ र अपराध महाशाखाको टोलीले महाराजगञ्जबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा महाराजगन्जमा रेस्टुरेन्ट चलाउँदै आएका ३० वर्षीय सन्तोष कार्की रहेका छन् । उनी काठमाडौं उपत्यकामा विभिन्न युवतीलाई शृंखलाबद्ध सिरिन्ज आक्रमण गर्ने गरेको कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अपराध महाशाखाको टोलीले शुक्रबार कार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । रामेछाप घर भएका उनले प्रारम्भिक बयानका क्रममा आफ्नो अपराध स्वीकार्दै रमाइलोका लागि यस्तो कार्य गरेका बताएका छन् ।

राजधानीको महाराजगञ्जबाट बिहीबार राति नै ती युवक पक्राउ गरिएको महानगरीय प्रहरी परिसर महाराजगञ्जले जनाएको छ । सुराकका आधारमा खटिएको सादा पोशाकको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले घटनामा प्रयोग भएको बा ४७ प १३३१ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ ।
त्यही मोटरसाइकलमा महाराजगञ्जबाट नैकापस्थित घर फर्कर्ने क्रममा उनले बाटोमा युवतीहरुमाथि आक्रमण गर्ने गरेका थिए ।

पक्राउ परेका कार्कीले आफूले कुनै सिरिन्जले आक्रमण नगरेको र ‘काँटी’ले घोचेको प्रारम्भिक बयान दिएका छन ।

थप समाचारहरु

Latest News