आबा ङाछा टेलि सिरियलको रजत महोत्सव संगै सम्मान कार्यक्रम यसरी मनाईयो ।
June 23, 2019 | Gyanlama | 12:45 pm

डि एन डि तामाङ
बौंद्द, असार ८ । तामाङ टेलि सिरियल ‘आपा ङाछा’ को २५ औँ भागका रजत महोत्सव मनाएको छ।शनिबार काठमाडौंको राष्ट्रिय नाचघर जमलमा तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरको प्रमुख अातिथ्यतामा सम्पन्न भएको हो ।

उक्ता कार्यक्रममा विश्वको उच्च सगरमाथा आरोही शर्मिला तामाङ स्याङतानलाई आबा ङाछा टीमले कार्यक्रमबाट सम्मानित गराएको थिए।

‘ह्याङला मिडिया हाउस’को प्रस्तुति निर्माण गरिएको अाबा ङाछाको २५ अाैं भागको उपलक्ष्यमा राष्ट्रिय नाचघर जमलमा साँस्कृतिक कार्यक्रमका साथै सम्मान कार्यक्रम गरिएको थियो ।

सोही कार्यक्रममा कलाकार, पत्रकार,बुद्दीजिवी लगायत थुप्रै दर्शकहरुको उपस्थिति पनि जनाएको थियो । उक्ता कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

“आपा ङाछा” टेलिसिरियल डिसोमको एच डि च्यानलमा हरेक हप्ताको बिहिवीर बेलुका ठिक ७ बजे बाट ७:३० बजे सम्म आउने गर्द छ ।

भिडियो सहित

थप समाचारहरु

Latest News