तामाङ भाषाको टेली सिरियल “आबा ङाछा” को रजत महोत्सव साथै साँस्कृतिक कार्यक्रम हुदै
June 21, 2019 | Gyanlama | 7:52 am

बौद्द, असार ६ । तामाङ भाषाको टेली सिरियल आबा ङाछा २५ औं भाग अर्थात रजत महोत्सव सगैं साँस्कृतिक कार्यक्रम २०७६ मनाउनुका साथै
विश्वकै अग्लो शिखर सगरमाथा आरोही शर्मिला स्याङतानलाई सम्मान कार्यक्रम समेत रहेको छ ।

हरेक हप्ताको बिहीवार बेलुका ७ बजेबाट
डिस होमको रमाइलो एच डिमा प्रत्यक्ष प्रसारण हुँदै आइरहेको तामाङ भाषाको टेलि सिरियल आबा ङाछा श्रंखलाको निर्देशक सिने पत्रकार जयन कुमार मोक्तानले उक्त कार्यक्रम हुन लागेको बारे जानकारी दिएको हो । कार्यक्रम भने असार ७ गते शनिवार दिउसो १ बजे बाट राष्ट्रिय नाचघर जमलमा शुरु हुने भएको छ ।

कतिपय तामाङ समुदायमा आफ्नो भाषा सस्कार, धर्मिक, परम्परा र पहिचाको संरक्षण र प्रबर्धन कसरी गर्ने भन्ने कुनै कुराको जानकारी छैन । सोहि समुदायलाई मध्यनजर गरि प्राय आफनै भाषामा टेलि सिरियल लाई निर्माण गर्दै आएको निर्माण पक्षाले बताउछन ।

कार्यक्रमकै अवसरमा तामाङ समुदायमा रहिआएता पनि नेपाली सिरियल मात्रै हेर्ने बानी बसेका तामाङ दर्शक हरुलाई आफ्नो भाषाको सिरियल हेर्न बानी बसाउन सफल भएको सिरियल आबा ङाछाले रमाइलो र हसाउने, तामाङ भाषा,तामाङ भेषभुषा संगै कमेडी डाईलगहरु पनि बोल्ने गर्छन ।
नेपाली टेलि सिलियलहरुमा जतिकै यस टेलि सिरियलले पनि उतिकै मनोरञ्जन आफ्नै भाषा र शैलीमा दिदै आई रहेका छन । आबा ङाछा टेलि सिरियल ले बढिजसो तामाङ भाषा र केही पात्रगत अरु भाषाको प्रयोग गरेको पाईन्छ । कमेडियनहरुले आ-आफ्नो टेगु प्रयोग गरि झनै दर्शकहरुलाई मनोरञ्जन दिदै आएको छ ।

सिरियलमा कलाकारको रुपमा जयनकुमार मोक्तान, फुलमान फुलमान स्याङ्तान, सुरेन्द्र स्याङ्बा, उदाश लामा, गोर्खा घिसिङ, सन्तोष लामा, कविता दोङ, मिस शंखु, कुमार लामा, विशाल मोक्तान, सुस्मिता तामाङ, राजिव लामा, मिना दोङ तामाङ,अञ्जु तामाङ, अर्बिन्द कापर, शन्देश थिङ, कमल कुमाल, सुनमाया दोङ लगायतका कलाकारहरुको अभिनय हेर्न सक्नु हुनेछ ।

जयन कुमार मोक्तानको निर्देशनमा योगेन्द्र कार्कीको छायाँकन रहेकोमा जयन कुमार मोक्तान स्वयम आफैले सम्पादक गर्नु भएको छ । टेलिसिरियललाई सविता लामाले निर्माण गरेकी हुन् । आबा ङाछाको शिर्ष गीतलाई प्रयास दोङले संगित र आवाज दिएका छन् भने शिर्ष गीत डुपसाङ तामाङले रचना गरिएका हुन ।टेलि सिरियलको ब्याकग्राउण्ड स्कोर कुमार लामा योञ्जनले गर्नु भएको छ । सोहि टेलि सिरियल लाई डिस होममा मात्रै नभई टिएफ च्यानल युटुब बाट पनि दिदै अएको छ ।

थप समाचारहरु

Latest News