समता अस्पतालमा शंकास्पद मृत्यु , मृतकको खल्तीमा सुसाइनोट फेला
June 18, 2019 | Gyanlama | 1:26 pm

बौंद्द, असार ३ : समता अस्पताल भित्रै झुन्डिएको अवस्थामा फेला परेको शवको खल्तीमा रहेको ‘चिट’लाई आधार बनाउँदै प्रहरीले सञ्चालक उत्तम सञ्जेल र उनकी पत्नीसहित ४ जनालाई पक्राउ गरेको छ।

सस्तोमा शिक्षा र उपचारसमेत गर्ने भन्दै सक्रिय रहेका सञ्जेल सुसाइट नोटका आधारमा परेका हुन्। उत्तम सञ्जेलसँगै उनकी पत्नी र दुई अन्य अफिसका स्टाफलाई प्रहरीले समातेको हो।

आज बिहान अस्पताल परिसरभित्र रामेछाप दोरम्बा घर भएकी २७ वर्षीया बिमला तामाङ झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी सुनील मल्लले सञ्चालक सञ्जेल, उनकी पत्नी र अन्य दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ थियो।

थप समाचारहरु

Latest News