समता अस्पतालमा काम गर्दै आएकी युवती अस्पतालमै झुन्डिएको अवस्थामा फेला
June 18, 2019 | Gyanlama | 7:53 am

काठमाडाैँ । रु १०० मै उपचारकाे नारा दिएर सञ्चालित समता अस्पतालमा काम गर्दै आएकी एक युवती झुन्डिएको अवस्थामा फेला परेकी छन् ।

बौद्धस्थित समता अस्पतालको शैचालय नजिकैको स्थानमा झुन्डिएको अवस्थामा ती युवतीको शव फेला परेको हाे । महानगरीय प्रहरी परिसर काठमाडौंले दिएको जानकारी अनुसार मृतकको पहिचान खुलेको छ । मृतक रामेछापको दोरम्बा स्थायी घर भई हाल सोही अस्पतालमा क्लिनरको काम गर्दै आएकी २७ वर्षीय बिमला तामाङ रहेको खुलेको हो ।

मृतकका आफन्त आएर अस्पताल परिसरमा तोडफोड समेत गरेका छन् । प्रहरीले आक्रोशित भीडलाई नियन्त्रि गर्दै सुरक्षा दिइरहेकाे छ । अस्पतालका प्रशासनले भने मृतक सोही अस्पतालकी कर्मचारी हुन् कि होइनन् भन्नेबारे ठोस जानकारी दिन सकेको छैन ।

सलको पासो लाएर तामाङ झुन्डिएको फेला परेपछि घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ । झुण्डिएर आत्महत्या गर्नुकाे खास कारण पनि खुल्न सकेको छैन ।

थप समाचारहरु

Latest News