नायक कुमार मोक्तान र प्रिया तामाङ बिच यस्तो प्रेम सम्बन्ध ( भिडियो सहित )
June 15, 2019 | Gyanlama | 1:22 pm

डि एन डि तामाङ
बौद्ध, जेठ ३२ । 
सुपर स्टार नायक कुमार मोक्तान र मोडल प्रिया तामाङ अभिनित “ताङ्ला चु सेम”बोल गीतको भिडियो सर्वजनिक गरिएको छ ।
भिडियोलाई छायांकन भने ऐतिहासिक ठाउँ तेमालमा सुटिङ गरिएको छ । उक्त गीतमा माया पिराती कै कुरालाई समेटि निर्माण गरिएको छ भने सोहि गीत अनुसार भिडियो लाई पनि निर्माण गरिएको छ । चोखो माया लाउने जोडीको कुरा लाई मध्यनजर गरि गीत लाई रचना गरिएको गीतमा ज्ञानदास तामाङ को शब्द ,निमा दोङ्को सङ्गित सागै स्वर सेलो चर्चित गायिका जितु लोप्चन र निमा दोङ स्वयम आफैले रहेको छ । दिपेश प्रधानको एरेन्ज,गोबिन्द सोनिको मिक्सिङ,मास्टरिङ रहेको छ ।
सुनिल मोकतानले निर्देशन, लक्षुमन घिमिरेले छायाङ्कन रहेको गीतलाई सम्पादन भने मेग ब. थापाले गर्नु भएको छ। कोरियोग्रफर सुनिल मोक्तानको रहेको छ ।

भिडियो सहित

थप समाचारहरु

Latest News