धेरै समयको अन्तराल पछि मनिका मोक्तानले ल्याईन संगितिक कोसेली
June 13, 2019 | Gyanlama | 3:58 am

डि एन डि तामाङ
जेठ ३०, बौंद्द । एक फरक किसिमको तामाङ दोहोरी गीत लाई सर्वजनिक सकिएको छ । सोहि गीतमा भने महाभारत छेउछाउका गाउं ठाउंलाई समेटि रचना गरिएको पाईन्छ । गीतलाई संगित संगै एरेन्ज भने कर्साङ लामा ले गर्नु भएको छ । डि एन डि तामाङको रचना मा अाशिष मोक्तन र मनिका मोक्तानले स्वर दिनु भएको छ । मनिका मोक्तानले यो भन्दा पहिले पनि यस्ता धेरै तामाङ सेलो लगायत फिल्मस् गीतहरु पनि गईसक्नु भएको छ ।

सन्जोग बस् मनिका मोक्तानको आफ्नै कार्य व्यस्तता ले गर्दा बीचमा केहि समय गीत संगितको यात्रा लाई रोकिएको थियो । मनिका मोक्तान गायन क्षेत्रमा मात्र नभई अभिनय क्षेत्रमा पनि उत्तिकै अग्रशिल भएको देख्न सकिन्छ । दर्शकको माया र ममता लाई मध्यनजर गरि पुन मनिका मोक्तान संगितको यात्रा तर्फा फर्किदै, सोहि शुरुवात संगै आज एक अत्यन्तै रमाईलो पनको तामाङ दोहेरी गीतमा स्वर दिई सक्नु भएको छ । रेकर्डिङ् को काम भने घटेकुलोमा रहेको विग HD परीवेश स्टुडियो मा गरिएको हो । साथै गीत भने डम्फु मिडिया हाउस बाट अडियो लाई सर्वजनिक गरिएको छ । भिडियो लाई पनि समेत चाढै निर्माण गरि दर्शकहरु माझ ल्याउने तयारी मा रहेको बताए

Audio link: हेर्न नछुट्याउनु होला !

थप समाचारहरु

Latest News