काभ्रेपलाञ्चोक जिल्लाको एक एेतिहासिक ठाउंको नाम ताराखासे कसरी रहन पुग्यो त ?
June 11, 2019 | Gyanlama | 2:50 pm

• डि एन डि तामाङ, ( भिम )

काभ्रे,जेठ २८ । समुद्री सतहदेखि लगभग ३४०० मिटर उचाईमा रहेको धार्मिक तथा ऐतिहासिक स्थल हो महाभारत लेकमा अवास्थित एक अचार्यजनक ताराखासे पोखरी । यस क्षेत्रलाई पौराणिक कथाहरुमा समेत जोडिएको पाईन्छ । समुद्री सतहदेखि उच्च ठाउँमा रहेको हुनाले यस लेकबाट तराई समथर भूभागको दृश्यलाई अवलोकन गर्नुका साथै ति अग्ला अग्ला हिमशृंखलाहरु समेत राम्रै संग अवलोकन गर्न सकिन्छ ।

राजधानीसंगै जोडिएको काभ्रे जिल्ला पर्यटकीय क्षेत्रको लागि उच्च सभावना रहेता पनि उक्त क्षेत्रमा चेतनाको अभाव कै कारणले अझै सम्म पनि उक्त स्थान ओझेल मै रहेको छ । जुन पोखरीमा पुर्णिमाको दिनमा मात्र केहि वरिपरि रहेको धामीझाक्री र केहि स्थानियहरु गई पाठ पुजा गर्ने गरेको मात्र पाईन्छ ।
अग्लो पहाडको चुच्चोरोमा पानी पोखरी बस्नु त्यहाँ केही शक्ति रहेको समेत स्थानीयहरु बताउँछन् । ताराखासे नाम कसरी रहन पुग्यो त ? कतिपय स्थानीयहरु बताउछन् , धेरै समय अगाडि त्यस क्षेत्रमा तारा खसेर उक्त तारा खसेको क्षेत्रमा पोखरी बनेको र सोहि अनुसार स्थानीयहरुको बोल चाल संगै ताराखसे नामाकरण नै गरिएको हो ।
जुन पोखरीमा पानी १२ रै महिना हुने गर्दछन, त्यहि पानी पिएर कतिपय घांस दाउरा,गोठाला सोहि पोखारी हुदै यात्रा गर्ने हरुले समेत आफ्नो प्यासलाई मेटाएका छन र अझै सम्म पनि प्यास मेटाई रहेका छन् । पोखरीको केहीपर कलात्मक ढुंगाको मूर्तिहरु समेत भेटिन्छन् भने हजारौ प्रकारका जडिबुटी पाईन्छन्, जसलाई मानव जीवनमा आएका विभिन्न रोगहरूको समेत निको पार्ने औषधीको रुपमा प्रयोग गर्दै आईरहेको छ । अनेकै प्रकारको जीव जन्तु, चराचुरुङ्गी हरु पाईन्छ । यस जंगल र पोखरीले आफ्नै मौलिकता र पहिचान सहितको विशेषता बोकेको पाईन्छ ।

स्वच्छ हराभरा हरियालीपूर्ण मनोरम स्थल हो ताराखसे । सोहि जगल र पोखरीको पौराणिक कथाहरुमा समेत उल्लेख गरेको पाईन्छ । अर्थपूर्ण त्यस स्थानको पौराणिक कथा पनि रहेको छ । जसरी स्वास्थानीमा भगवान रामलक्ष्माण, सीता र रावनको कथा थियो ठिक त्यही कथामा आधारीत दृश्यहरु देख्न सकिन्छ । भगवानहरुको युद्धको बेला तिनीहरुले प्रयोग गरेका वस्तु तथा औजारहरुको दृश्य अनुवोध गराइएको छ । सीता बिरामी हुदाँ रामले हनुमानलाई जडिबुटी खोज्नको लागि जङ्गल पठाईन्छ । त्यही पहाडको नाम महाभारत भएको देखिएको छ जुन त्यस क्षेत्रलाई पनि महाभारतकै नामले सम्बोधन गरेको छ ।

थप समाचारहरु

Latest News