१३ वटा जातिय संस्थाहरुको अयोजनामा तेस्रो आदिवासी जनजाती चलचित्र महोत्सव हुदै
June 5, 2019 | Gyanlama | 5:48 am

डि एन डि तामाङ
” आदिवासी जनजाति चलचित्रको प्रवर्द्दन, मौलिक भाषा सांस्कृतिको संरक्षण ” भन्ने मुल नाराको साथ
तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सव यहि आउदो जेठ २४, २५ र २६ गते हुने भएको छ । १३ वटा जातिय संस्थाहरुको साझा चौतारी आदिवासी जनजाति चलचित्र महासंघको अयोजनामा आदिवासी जनजाती चलचित्र महोत्सव आयोजना गर्ने भएको छ ।
महासंघले नेपाल एक बहुभाषी, बहुजाती, बहुधार्मिक, बहुसाँस्कृतिक देश भएकाले आदिमकालदेखि बसोबास गरिरहेका आदिवासीहरुको संस्कार सँस्कृतिमा आधारित चलचित्रको प्रदर्शन गर्न महोत्सव आयोजना गर्न लागेको बताए ।
आदिवासीका चलचित्रको प्रचार र निर्माणमा हौसला प्रदान गर्न महोत्सव आयोजना गर्न लागिएको महासंघले जनाएको छ ।
आदिबासी जनजाति चलचित्र महासंघको आयोजनामा हुने महोत्सब २०७६ मा चलचित्र बिकास बोर्ड, काठमाडौं महानगरपालिका, नेपाल टेलिकम, राष्ट्रिय बाणिज्य बैंक, नेपाल पर्यटन बोर्ड, राष्ट्रिय आदिबासी महिला मञ्च आदि संस्थाहरुको सहकार्य रहने छ भने, गुरुङ फिल्म एशोसियसन नेपाल, मगर चलचित्रकर्मी संघ, तामाङ चलचित्र संघ, किरात राई चलचित्रकर्मी संघ, याक्थुङ मुनचईत चोक संयम (लिम्बु), सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज, थारु चलचित्र तथा साँस्कृतिक संघ, नेवा फिल्म सोसाईटी, माझी चलचित्रकर्मी संघ, राजबंशी चलचित्रकर्मी समाद समिति, भुजेल चलचित्रकर्मी संघ, मुगाली चलचत्रिकर्मी बिकास संघ, जिरेल चलचित्रकर्मी संघ सह आयोजक रहेका छन् ।
महोत्सवमा आदिवासी जानजाति चलचित्र, वृत्तचित्र र छोटा चलचित्र गरि २० वटा आदिबासी जनजाती प्रदर्शन गरिनुका साथै आदिबासी जनजाति चलचित्रको बस्तुगत अवस्थाको बारेमा जानकारी डेक्स, विभिन्न आदिबासी जनजाति समुदायको परम्परागत खानाको स्टलहरु, आदिबासी जनजाति समुदायका मौलिक भेषभुषा, हस्तकला, पुस्तक आदिको स्टलहरु रहने आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले जानकारी दिए ।
उनका अनुसार आदिवासी जनजातिका धर्म संस्कार परम्परा एवं रिती थिती समेटिएका विभिन्न चलचित्र सर्ट फिल्म अनी डकुमेट्रि महोत्सबमा प्रर्दशनी गरिने छन् ।
प्रर्दशनी गरिएका चलचित्रबाट उत्कृष्ठ चलचित्र छनोट गरि पुरस्कार समेत दिईने उनले जानकारी दिए ।
चलचित्र महोत्सव भने राष्ट्रिय सभागृह, भृकुटी मण्डप मा हुने भएको छ ।

थप समाचारहरु

Latest News