सार्वजनिक पिच सडक नै किन बेच
June 5, 2019 | Gyanlama | 3:20 am

काठमाडौं । काभ्रेको लिखेल नगरपालिका वडा नम्बर ४ मा रहेको सडकको एक खण्ड व्यक्तिले बेचिदिएका छन् ।

अरनिको राजमार्गदेखि काठमाडौं विश्वविद्यालय जाने मार्गको तीन आना खण्ड बेचिएको हो । स्थानीय मालपोत कार्यालयका कर्मचारीको मिलोमतोमा सार्वजनिक पिच सडक बेचिएको प्रस्ट देखिँदा पनि दोषी पक्राउ परेका छैनन्। विक्रेता तीन जनालाई भने प्रहरीले पक्राउ गरेको छ।

नक्सामा देखाइएको जग्गा सार्वजनिक सडक रहेको र विक्रेताले २२ लाख रुपियाँ ठगेको थाहा पाई क्रेताहरू उजुरी लिएर प्रहरीकहाँ पुगेपछि एक महिलासहित तीन व्यक्ति पक्राउ परेको छ ।

थप समाचारहरु

Latest News