गायक तथा संगितकार निमा दोङले सांची कै माया लायो, ( भिडियो सहित )
June 3, 2019 | Gyanlama | 6:49 am

डि एन डि तामाङ
जेठ २०,पदम दोङको रचनामा रहेको ” देन्वा माया पिन्न पिन्न ” गीतको म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको छ । म्युजिक भिडियो लाई भने ह्याङला को मिडिया हाउसको अफिसियल युटुव च्यानलबाट बजारमा पठाई सकेको छ ।

गीत भने एक माया प्रेममा अाधारित गीत रहेको छ । संगीतकार तथा गायक निमा दोङको संगीत रहेको छ। भने गीतमा स्वर गायक निमा दोङ र जितु लोप्चानका रहेको छ।

उक्त भिडियोमा मोडेल प्रदिव मोक्तान र म्हारम्हेन गोलेले अभिनय रहेको पाईन्छ ।
जित वाईवाको बिशेष निर्माता रहेको गीतको छायांकन दोलखा जिल्लाको रमणीय स्थल कालिङ चोक र खरीढुंगाको दृश्य लाई भिडियोमा कैद गरिएको छ ।
अभिसेक माझीको छायांकन रहेको उक्त भिडियो लाई सम्पादन भने दिपक तामाङले गर्नु भएको छ ।

  • भिडियो हेर्न नभुल्नु होला ।

थप समाचारहरु

Latest News