गायक कर्साङ लामा लाई भयो यति सम्म पिर ( भिडियो सहित )
June 2, 2019 | Gyanlama | 4:33 pm

डि एन डि तामाङ
जेठ १९,बौंद्द काठमाडौँ – ‘रोशी स्योङला तिर’ गीत को भिडियो शुक्रबार सार्बजनिक भएको छ। पछिल्लो समय जेरो सेरिज युटुब बाट अडियो मात्र सर्वजनिक भएको गीत ‘रोशी स्योङ्ला तिर’, गीतलाई धेरै दर्शकले मन पराए पछि दर्शकको रुचिलाई मध्यनजर गर्दै उक्त गीतको म्युचिक भिडियो सार्बजनिक गरिएको हो। गीतको म्युचिक भिडियोमा रोशी खोला वरिपरिको प्राकृतिक मनोरम दृष्यमा कैद गरिएको छ।

गीतको रचना,संगित,एरेन्ज र मिक्सिङ कर्साङ लामाले गरेका छन्। भने गीतमा स्वर पुजा लामा र कर्साङ लामा को रहेको छ। लामाले गीतको म्युचिक भिडियोले दर्शकलाई थप मनोरन्जन दिने मिल्ने आशा गरिएका छन्। थप मनोरन्जन र समय सापेक्ष मागलाई ध्यानमा राख्दै र्याप लाई पनि गीतमा समेटिएको छ।

र्याप मा शब्द रचना एवं स्वर जेम्स तामाङको रहेको छ । गीतको भिडियो लाई भने ‘ह्सेंजी क्रिउ’ द्धारा निर्माण गरिएको छ । प्रतिक ङ्यास्युर द्धारा निर्देशित उक्त म्युचिक भिडियोको बिक्रम लामाको छायांकन सम्पादन गरेका छन् । केहि कलाकार,पत्रकार एवंम सर्जकहरुको उपस्थितिका बीच तामाङ चलचित्रका सुपार स्टार अमिर दोङ, तामाङ चलचित्रका चर्चित हस्याकलाकार क्वाईसाङ रुम्बा र गायक कर्साङ लामाले भिडियो प्ले गरि सर्वजनिक गरिएका थिए।

थप समाचारहरु

Latest News