बकवासका शृङ्खला तरंगित सन्झाल !
May 14, 2019 | Gyanlama | 7:29 am

बकवासका शृङ्खला तरंगित सन्झाल !
शृङ्खला -१
नेपालको जेठो दल भने नि फरक नपर्ला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस यतिखेर पुनर्जागरण अभियानको नाममा देशभर दौडधुपमा छ्!यस अघि नेपाली कांग्रेसलाई जनताको साथ नपाएका हैनन!कांग्रेस २०१५सालको आम निर्वाचन मार्फत दुइतिहाइ बहुमत प्राप्त दल पनि हो!नेता बिपि कोइराला को मृत्यु संगै नेपाली कांग्रेसले उठाएको समाजबादी ब्याबस्थाको राजनीतिक मुद्दा पनि सती गयो!संबैधानिक राजतन्त्र सहितको बहुदलीय प्रजातान्त्रिक ब्याबस्था भनिएका ४६सालको जनआन्दोलन सफलता र प्राप्त उपलब्धि माथी एकलौटी पटकपटकको सत्तामा रहदा उद्योग होस या नदिखोला बेचबिखन मै सत्ताको शक्ति गुजारेको तथ्यहरु प्रष्ट नै छ!कयौं बर्ष पछि सरकार बाहिर बस्नु पर्दाको रोदन लिएर तिनै दल नेपाली कांग्रेस आज पर्दाको घरदैलोमा कुन मुद्दा लिएर जादै छ प्रष्ट छैन डाक्टर बाबुराम भट्टराईको शब्द सापटी लिएर भन्नू पर्दा नेपाली कांग्रेस कम्पास बिहिन जहाज भन्दा फरक पर्दैन त्यो जहाजमा यात्ररत कयौं यात्री त्रिसुलिमा घोप्ट्याउने हुन कि आधा रातमा बाटोमै छोड्दिने हुन कुनै ठेगान छैन!

शृङ्खला-२
जनयुद्ध वा कम्युनिस्ट आन्दोलनको क्रममा केही आफन्त पार्टीका नेता कार्यकर्ता साथीहरू बीचको रोहवरमा बैबाहिक जिबनमा बाँधिएकाहरु कयौंको सम्बन्ध टुट्ने क्रम जारी रहेको बेला जनयुद्धको कमण्डर तथा नेकपा अध्यक्ष प्रचण्डले धुमधाम रुपले पुनः बिबाह सम्पन्न गर्‍यो भन्ने समाचार सुन्नमा मात्र हैन स्वयं प्रचण्डले पुत्र शोकको वियोगान्तलाई भुलाउन म्यडम सीताको लागि यस्तो गर्नु परेको स्वीकार गरेको छ तर जनयुद्धको क्रमम कयौंले यो वियोगान्त बेहोर्नु परेको तर्फ भने केही शब्द खर्चेको भेटिन्न!

शृङ्खला -३
देशको कार्यकारी प्रमुख प्रधानमन्त्री केपि शर्मा ओलिले आर्थिक बर्ष ७६/७७को निति तथा कार्यक्रम माथी सदनमा छलफलको सेरोफेरोमा उठेका प्रस्न र जिज्ञासा्हरु माथिको जवाफ दिदै शब्द बाणहरु प्रहर गर्‍यो!उखान र टुक्का सकिए पछिको शब्द बाण बमन हो कि भने पंक्तिकारको अशंक रहे पनि यो देश र आम जनता माथी अपशब्द प्रयोगद्वार सत्ताको शक्तिले मातेर लट्पटिदै घमण्ड प्रदर्शन भन्दा अरु केही हो भन्न सक्ने अहिलेको स्थिति छैन!

शृङ्खला -४
उपप्रधानमन्त्री तथा भर्खरै नयाँ बनेको समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको एक मिडिया अन्तरबार्ताको बिषयलाई लिएर अनलाइन,समाजिक संझाल जताततै समर्थन बिरोध आलोचनाको मतहरु लिएर आम नागरिक धुमधाम जुवारी खेल्दै छ!मिडिया कर्मी भनिएकाको पनि घमण्डको टाकुरो कम्तिको छैन जो अन्तरबार्ताको लागि निमन्त्रणा गरिएको उपप्रधानमन्त्री उपेन्द्र यादव पटकपटक जानुस् भन्दै हप्काए पछि बाहिरि सक्दा पनि चुनौती पुर्ण भाषा प्रयोगद्वार घमण्डको उच्च हर्कत देख्दा लाग्छ नियोजित पार्दा उत्रि नै बाँकी छ कि!डा.बाबुराम च्यापेर एक कदम अगाडि बढ्नै लाग्दा समाजबादी पार्टीका अध्यक्ष यादव माथि मिडिया कर्मिको यस्तो हर्कत हुनुले पनि शंका गर्न नै बल पुग्छ!न पत्रकारको संयमता न अन्तरबार्ताकारको धैर्यता!

निष्कर्ष:जनताको रगत र पसिनाले निथुक्क भिजेको पुजिबादी मैदान भित्र चाहे सदनमा होस या समाजमा माथी उल्लेखित पंक्तिहरु र त्यसको पात्रहरु रुप फरक र प्रवृत्ति एउटै हुन! दलाल पुजीवादीहरु र त्यस्को भिजिलान्ते पात्रहरूले सर्बस्वा लुटि रहदा बकबास एक आम जनताको बुझाइ अनेक मात्र हुन!यी सब दलाल पुजिबादिहरुको प्रदर्शनी मार्गमा देखिने दृश्यहरु हुन!यो त केबल पहाडका पण्डित र मधेसका पण्डित बिचको विवाद मात्र हुन!कामरेड आहुतीको शब्दमा भन्नू पर्दा यी सब “बिचारमा च्युत” भैसके पछिको अवस्था हुन!यसले मधेस र पहाडको आम सर्बसधारण नागरिकको लागि न चिलाउछ न कन्याउने झन्झट नै हुन्छ!यो त मात्र पुजिबाद भित्र दलाल पुजीवादीहरुको नाग्न मोर्डन डान्स सो मात्र हुन!नभए आधुनिक दासहरुको भिड जम्मा गर्न कसरी सम्भाव हुन्छ!भिड जम्मा गर्न कै लागि भए नि यति त गर्नै पर्‍यो कि नाइ!
जिन्जी प्लुट!
जेपि मोक्तान
समाजबादी अभियन्ता

थप समाचारहरु

Latest News

shares