“मिरिम गाजल” गितमा टिकटकमा उत्कृष्ट अभिनय गर्नेलाई हिरोनी बन्ने अफर !!!
May 8, 2019 | Gyanlama | 3:21 pm


Dhulikhel-STAR ONLINE MEDIA
तामाङ समुदायका टिकटक प्रयोग कर्ताहरुलाई खुसीको खबर प्राप्त भएको छ । तामाङ चलचित्र जगतका सुपरस्टार नायक तथा निर्देशक अमिर दोङले जानकारी दिनु भए अनुसार भर्खरै मात्र डम्फू मिडियाको अफिसियल युट्युब च्यानल मार्फत सार्बजनिक भएको `मिरिम गाजल´ बोलको गितमा टिकटकमा उत्कृष्ट अभिनय गर्नेलाई यसै चलचित्रमा नायीका बनाईने बताउनु भएको छ । चलचित्र डम्फु मिडिया हाउसको प्रस्तुतिमा बन्ने नायक तथा निर्देशक दोङले जानकारी दिनु भयो । फिल्मको नाम कलाकार छनोट शुभ मुहुर्त ङिङ्जे चलचित्र प्रदर्शनमा गरीने निर्माण पक्षले जानकारी दिनुभयो ।
सार्बजनिक गितमा चाहाना ब्लोन लामाको शब्द तथा गायिका जितु लोप्चनको स्वर रहेको छ । जोगलाल लामाको सङ्गीत र एरेन्ज रहेको गितलाई दिपेश प्रधानले मिक्सिङ गर्नु भएको छ । सरगम स्टुडियो र पर्पल स्टुडियोमा सम्पन्न भएको यस गितलाई चलचित्रमा समाबेश गरीने नायक तथा निर्देशक अमिर दोङले जानकारी दिनुभयो ।

थप समाचारहरु

Latest News

shares